Thursday, March 28, 2024
Homeमुख्य खबरतुलसीपुरमा तीज कार्यक्रम

तुलसीपुरमा तीज कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २७ साउन । दृष्टिबिहीन रुपा गन्धर्वको परिवारको सहयोगार्थ दाङको तुलसीपुरमा तीज विशेष कार्यक्रम हुने भएको छ । मिडिया नेपालको आयोजनामा अरनिको मैदानमा हुन लागेको कार्यक्रममा स्थानीय तथा राष्टिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने भएको छ ।
आयोजकले आइतबार रिपोर्टर्स क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरी भदौको ६ र ७ गते हुन लागेको जनाएको छ ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा तीज विषेश कार्यक्रमबाट संकलित रकमको १० प्रतिशत रकम रुपा गन्धर्वको परिवारलाई सहयोग गर्ने मिडिया नेपालका अध्यक्ष तेज वलीले जानकारी दिए । उनले कलाकारको सम्मान र रुपाको परिवारलाई सहयोग मुख्य उद्देश्य रहेको भन्दै कार्यक्रम सफल पार्न सबैको साथ अनिवार्य भएको बताए ।
मिडिया नेपालले सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टिबिहीन रुपाको परिवारको सहयोगार्थ कार्यक्रम गर्न लागेको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, सूचना पत्र साप्ताहिकका सम्पादक बंशीकुमार शर्मा, आर्थिक संयोजक एसबि वलीलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here