Wednesday, March 27, 2024
Homebreaking-newsतिलसरालाई जस्तापाता र दुहुनो भैंसी

तिलसरालाई जस्तापाता र दुहुनो भैंसी

- Advertisement -spot_img

रूकुम, १३ फागुन । तिलसरा विष्ट श्रीमान् छविकुमार वलीसँग टाढा भएको करिब एक दशक बढी भयो । उनीहरू दुबैजना कानुनी रूपमा अलग नभए पनि भौतिक रूपमा टाढा छन् ।
श्रीमानसँग टाढा हुँदाको पीडा उनलाई एकतिर छ भने अर्कोतिर उनको परिवार नै आर्थिकरूपले सक्षम नहुँदा झनै समस्या छ । उनका श्रीमान् छविकुमार करिब दश वर्ष अघिदेखि नै कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका छन् ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरीबाङ निवासी विष्ट गाउँकै एक आफन्तको हत्या अभियोगमा जेल जीवन बिताउन थालेपछि एक छोरा, एकछोरी र श्रीमती बिचल्लीमा थिए ।
दाङको तुलसीपुर कारागारमा जेल जीवन बिताइरहेका छविसँग एकदिन तुलसीपुर–६ गोलौरा निवासी टोपबहादुर महताराको भेट भयो । कारागारमा छविसँग सबै बेलिविस्तार हुँदैपछि उनले विष्ट परिवारको आर्थिक अवस्थाको बारेमा सबै नालीबेली थाहा पाए ।
विष्टको परिावारिक स्थिति नाजुक भएपछि उनका सन्तानले शिक्षासमेत पाउन सकिरहेका थिएनन् । महताराले सबै कुरा सुनेपछि करिब ४÷५ वर्ष अघिदेखि उनका छोराछोरीको अध्यापन गराइरहेका छन् ।
छोराछोरीको अध्यापन गराइरहेका समाजसेवी महतारा उनीहरूको शिक्षादिक्षाको पहलका लागि एकदिन उनकै घरमा पुगेका थिए ।
त्यसैदिन उनी विष्टको घरमा पुगेको समयमा ठूलै वर्षा भयो, वर्षापछि खरले छाएको घर चुहिन थाल्यो, यो पीडा तिलसरालाई जति थियो, त्यो भन्दा झन धेरै पीडा समाजसेवी महतारालाई भयो ।
पीडित सेवा संघ दाङका संयोजकसमेत रहेका महताराले त्यसपछि उनलाई घरमा टिन लगाइदिने सोच बनाए । उनले विष्टको घरमा टिन लगाउने कुरा गरेपछि तिलसरा खुशी त भइन्, त्यहि बीचमा उनले केही दुःखका कुरा थप गरिन् । पैसो कमाउने आधार केही छैन्,
भैसी पनि किन्न पाए, दूध बेचेर केही पैसो आर्जन गर्न सकिन्छ कि भनेर महतारालाई अनुरोध गरिन् । संयोजक महताराले पनि उनको कुरालाई स्विकार गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसको केही समयपछि आइतबार उनकै घरमा पुगेर महताराले पीडित सेवा संघको सहयोगमा तिलसरालाई दुहुनो भैसीसहित, एक घरलाई पुग्ने जस्तापातासमेत सहयोग गरे ।
घरमै पुगेर विष्टका पत्नीलाई एउटा घरलाई पुग्ने जस्तापाता र दुहुनो भैसी दिएपछि विष्टकी पत्नी तिलसराले केही भएपनि दुःखको दिनलाई भुल्ने प्रयास गरेकी छन् । ‘कोही नहुनेको कोही न कोही हुन्छ,
भन्थे आज मलाई पनि त्यस्तै लागेको छ, घरमा कमाउने मान्छे नहुँदा पनि घरमा जस्तापाता लगाउने र पैसा कमाउनको लागि दुहुनो भैसी पाएको छु’ उनले भनिन्– ‘केही भएपनि पीडा भुल्ने प्रयास गरेको छु ।’
महताराले मुसिकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भिमबहादुर विष्टको उपस्थितिमा कैदीबन्दीका परिवारलाई जस्तापाता र भैसी सहयोग गरेका हुन् ।
कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका विष्टको परिवार आर्थिक रूपमा विपन्न रहेको भन्दै घरमा लगाउने जस्तापाता र दुहुनो भैसी सहयोग गरेको संयोजक महताराले बताए ।
‘मैले उहाँको छोराछोरीलाई पढाउने जिम्मा लिएको थिए, अब घरमा टिन, दुहुनो भैसी दिन पाउँदा झनै खुशी महशुस गरेको छु’ उनले भने–‘मेरा लागि सबै कैदीबन्दी आफन्त हुन्, कैदीबन्दीका सन्तानलाई पढाउने पनि गरेको छु,
शिक्षाबाट कोही पनि बालबालिका बञ्चित नहोउन् ।’ सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष भिमबहादुर विष्टले स्थानीय सरकारले गर्ने काम संघले गरेको भन्दै खुशी व्यक्त गरे । उनले विष्ट परिवारलाई घरमा शौचालय निर्माणमा वडा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here