Wednesday, March 27, 2024
Homeमुख्य खबरतारजाली वर्षाले बगायो

तारजाली वर्षाले बगायो

- Advertisement -spot_img

सल्यान, २० साउन ।
सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा तारजाली लगाएर निर्माण गरिएको फिल्ड अविरल वर्षाले बगाएको छ । कपुरकोट–३ मा रहेको उक्त विद्यालयमा फिल्ड निर्माण गर्दा लगाइएको तालजालीमध्ये १७५ थान जाली बगाएको विद्यालयले जनाएको छ । आइतबार बिहान ४ बजेतिर ठूलो संख्यामा तारजाली वर्षासँगै भत्किएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवीर कवरले जानकारी दिए । विद्यालयको फिल्डसहित भत्किएर गएका जालीले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा नोक्सानी गरेको छ । साथै फिल्ड नै भत्किएपछि कालिका माविका विद्यार्थी खेल्न तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या पर्ने भएको छ । २०६९ सालमा लगाएको तारजालीमा विद्यालयले २१ लाख रुपैयाँ खर्च गरेको थियो । यसअघि २०६९ सालको साउन ६ गते परेको अविरल वर्षाले कालिका माविको पूरै भवनहरु भासिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here