Friday, March 29, 2024
Homeखेलकुदतरुण कप फुटबल हुने

तरुण कप फुटबल हुने

- Advertisement -spot_img

तुलसीपुर, १९ भदौ । दाङको तुलसीपुरमा विजयादशमीको उपलक्ष्यमा यस क्षेत्रकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमी २०७५ को अवसरमा सञ्चालन गरिन लागेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका १६ वटा फुटबल क्लवहरुलाई सहभागी गराइने छ । नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा प्रतिगोगिता हुन लागेको अध्यक्ष सुनिलबाबु डाँगीले जानकरी दिए । आउँदो असोज १५ देखि २५ गतेसम्म हुने प्रतिगोगितामा प्रथम हुले समूहले पच्पन्न हजार पाँच सय पच्पन्न रुपियाँ पुरस्कार, मेडल र ट्रफि प्राप्त गर्नेछ । दोस्रो हुनेले बाइस हजार दुई सय बाइस रुपियाँ पुरस्कार, ट्रफि र मेडल पाउने अध्यक्ष डाँगीले बताए । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु मध्येबाट वेस्ट प्लेयर, वेस्ट मिड फिल्डर, वेस्ट स्कोरर, वेस्ट डिफेन्स, वेस्ट किपर र राईजिङ प्लेयरमा छनौट पर्ने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । असोज २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाइने छ । यसैबीच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको जनाएको छ । तयारी स्वरुप आयोजकले प्रतियोगिताको प्रचारप्रसार, जिल्लामा स्थापित क्लवहरुसँगको समन्वय, आर्थिक व्यवस्थापनलगायतका पक्षमा तिव्रता दिएको अध्यक्ष डाँगीले बताए । ग्रामीणस्तरमा खेलकुदको पहँुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here