Monday, March 25, 2024
Homeसम्पादकीयतरकारी आयात घटाऊ

तरकारी आयात घटाऊ

- Advertisement -spot_img

दाङ उर्वर क्षेत्रमध्येको जिल्ला हो दाङमा प्रशस्त खेतीयोग्य जमिन छ भने व्यवसायीक रुपमा खाद्य तथा नगदे बालीको उत्पादन पनि बढिरहेको देखिन्छ । धेरै खाद्यवस्तुमा आत्मनिर्भर जिन्ला हो ।
अण्डा, मासु, दूध, तोरी, महलगायतका उत्पादनमा दाङ पूर्णरुपमा आत्मनिर्भर बनेको छ । धान, गहुँ उत्पादनमा पनि राम्रै छ । केही समय अघि तरकारी उत्पादनमा र तरकारीमा पनि जिल्ला आत्मनिर्भर भएको भनिदै आएको थियो ।
सबै पक्षलाई हेर्दा कुनैमा आत्मनिर्भर त कुनैमा परनिर्भर जिल्लाको रुपमा विश्लेषण गर्न सकिन्छ र हुँदै पनि आएको छ । पछिल्लो पटक सार्वजनिक भएको एउटा तथ्यांकमा दाङ तरकारीमा परनिर्भर देखिएको छ । तरकारीमा आत्मनिर्भर बनाउनेतर्फ सोंचको विकास हुनसकेमा आगामी दिनमा आयातको समस्या पनि हट्ने छ ।
भारतीय तरकारीको विषयमा अहिले देश भरी चर्चा परिचर्चा छ । अत्यधिक विष रहेको भारतीय तरकारी रोक्न र भित्र्याउने विषयले धेरै नै चर्चा पाइरहेको छ । त्यसमा सरकारसमेत फरक–फरक धारणाले अझै विषय रोच बनेको छ ।
यही चर्चाको समयमा दाङमा पनि तरकारी आयात बढी हुने गरेको देखिएको छ । दाङमा वार्षिक रुपमा ७ हजार मेट्रिक टन तरकारी आयात हुने पाइनुले जिल्लामा पनि विदेशी तरकारी आयात हुने देखाउँछ ।
कृषि ज्ञानकेन्द्रको तथ्यांकमा बर्षेनी सात हजार मेट्रिक टन तरकारी बाहिरी जिल्लाबाट आयात हुनुले जिल्लाको उत्पादन बढाउनुपर्ने देखिएको छ । दाङमा खपत हुने तरकारी अन्य जिल्लाबाट यातायात हुनु राम्रो हुँदै हैन ।
उर्भरभूमि मानिने दाङ आयातमा पर्नुले व्यवसायीक तरकारी खेतीतर्फ किसानहरु उन्मुख गराउनतर्फ सरोकारवाला निकायहरु लाग्ने अवस्था आएको छ । जिल्लामा ६३ हजार मेट्रिक टन तरकारी खपत हुन्छ ।
जसमा ५६ हजार मेट्रिक टन तरकारी मात्रै जिल्लामै उत्पादन हुने हुदो थप आवश्यक तरकारी आयात हुने अवस्था आउनु स्वभाविक हुन् । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ । आयात रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिएर व्यवसायीक तरकारी खेतीतर्फ प्रोत्साहन गर्नु यसको उत्तम विकल्प हुन्छ ।
स्वास्थ्यको हिसावमा प्रतिव्यक्ति दैनिक २ सय ७५ ग्राम तरकारी आवश्यक पर्छ । तर त्यहि आवश्यकता पनि पूरा गर्न अहिले धौ–धौको अवस्था छ । सिंचाई, मल बीउ, वातावरण, किसानका चाहना, व्यवसायीक खेतीको महत्वमा आउने कमीका कारण पनि कृषिजन्य उत्पादनमा केही समस्या देखिएको हो ।
त्यो समस्यालाई हल गर्नतर्फ सरकार लागेर व्यवसायिकता बढाउनतर्फ ध्यान दिनुपर्छ । खेती प्रणालीमा आधुनिकता ल्याउनसके र आवश्यक सामाग्री र उपकरण सहज भएका यसतर्फ किसानहरुको लगाम पनि बढ्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here