Thursday, March 28, 2024
Homeफिचरडेरी पसलहरुमा प्रशासनको अनुगमन

डेरी पसलहरुमा प्रशासनको अनुगमन

- Advertisement -spot_img

घोराही, ९ जेठ ।
दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा दर्ता गरेर कफि हाउस र किराना पसलहरु सञ्चालन गरेको पाइएको छ भने किराना पसल र कफि हाउसको रुपमा दर्ता गरेर डेरी पसलहरु सञ्चालन गरिरहेको पाइएको हो ।
बुधबार स्थानीय प्रशासन र विभिन्न निकायहरुले गरेको अनुगमनका क्रममा घोराहीका डेरी पसलहरु प्रचलित मापदण्ड विपरित सञ्चालन भएको पाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । घोराहीका राम्रा भनिएका करिब दशवटा डेरी पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा कतिपय डेरीहरु सम्बन्धित निकायहरुमा दर्ता नभई सञ्चालनमा भएको पाइएको छ ।

डेरी पसलहरुमा सरसफाई तथा गुणस्तरियतामा समेत कमजोरी पाइएपछि सुधार गर्न एक साताको समय दिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । बाहिरबाट आएको दूध राख्दा पनि क्यानमा आएको दूध मात्र राख्न डेरी सञ्चालकहरुलाई आग्रह गरिएको छ । अन्यथा जर्किनमा ल्याएका दूधलाई प्रतिवन्ध लगाउने उनको भनाइ छ ।


सामान्यतया डेरी पसल सञ्चालकहरुले दूग्धजन्य वस्तुहरुको साथै चिया कफिसमेत बेच्दै आएको पाइएको छ । तर त्यो डेरी उद्योगको मापदण्डमा नगर्ने उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । यस्तै धेरैजसो डेरी पसल सञ्चालकहरुले किराना सामग्रीहरु समेत बेच्दै आएको पाइएको उनको भनाइ छ । घोराहीको गणेश मन्दिर नजिकै रहेको रिजाल कफि हाउस, नयाँ बजारमा रहेको पाण्डउ कफि हाउस्, लखन पार्क नजिकै रहेको सिमा एण्ड फोसिस डेरी, रिजाल कफि हाउस्, शहिद उमेश मार्गमा रहेको लिला डेरी, लमही डेरी र नेपाल परिवार नियोजनको कार्यालय अगाडि रहेको सुवेदी स्टोर लगायतका पसलहरुमा छड्के अनुगमन गरिएको थियो ।

डेरी पसलहरुमा सरसफाई तथा गुणस्तरियतामा समेत कमजोरी पाइएपछि सुधार गर्न एक साताको समय दिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । बाहिरबाट आएको दूध राख्दा पनि क्यानमा आएको दूध मात्र राख्न डेरी सञ्चालकहरुलाई आग्रह गरिएको छ । अन्यथा जर्किनमा ल्याएका दूधलाई प्रतिवन्ध लगाउने उनको भनाइ छ । डेरी सञ्चालक संघका अध्यक्ष ईश्वरी घिमिरेको लमही डेरीमा समेत अनुगमन गरिएको थियो । एक साताभित्र घोराहीका डेरी पसलहरुमा मापदण्ड अनुसार नै सुधार गर्ने अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाए ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, डेरी सञ्चालक संघका अध्यक्ष ईश्वरी घिमिरे, पत्रकार नवीन अभिलाषीलगायत सहभागी थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here