Thursday, April 18, 2024
Homeमुख्य खबरडिजिटल बन्दै नापी

डिजिटल बन्दै नापी

- Advertisement -spot_img

तुलसीपुर, २२ असार ।
देश संघीयतामा गएर राज्यका सबै संरचना फेरिए पनि केही कार्यालयहरु पनि नीतिगत रुपमा फेरिन सकेका छैनन् र उनीहरुले दिने सेवामा सुधार र परिवर्तन समेत पुरानै शैली देखिन्छ । सबै क्षेत्रको संरचना फेरिए पनि पुरानै संरचनामा काम गरिरहेको नापी कार्यालय तुलसीपुरले जनाएको छ ।
संरचना फेरिदै गएपनि नापी कार्यालयको काम गर्ने नीति भने पुरानै संरचनामा रहेको छ । संरचना फेरिए पनि नीति नफेरिएको नापी कार्यालय तुलसीपुरका नापी अधिकृत प्रकाश वलीले बताए । संरचनाहरु फेरिए पनि नापी कार्यालयले साविकका गाविस अनुसार काम गरिरहेको कार्यालयका अधिकृत केसीले बताए । संरचना फेरिए पनि पहिलेको श्रेष्ता अनुसार काम गरिरहेको बताए । उनले भने जबसम्म पूर्ण नापी हुदैँन तबसम्म पुरानै संरचनामा काम गछौँ ।
स्थानीय निकायको संरचना परिवर्तन भएपनि नापीको नक्सा श्रेष्टा परिवर्तन नहुँदासम्म र सबै ठाउँमा डिजिटल प्रविधि लागू नहुँदासम्म गाउँपालिकामा हस्तान्तरण गर्न पनि गाह्रो हुने उनले बताए । नक्साहरु च्यात्नुपर्ने भएकाले नापीका काम कारवाही पूर्णरुपमा डिजिटल गर्नतिर लागिरहेको उनले बताए । यस्तै स्थानीय निकायमा जानुपर्छ भन्ने ऐनमा व्यवस्था भए अनुसार नापी कार्यालय पनि जानुपर्छ उनले भने । यस्तै कार्यालयकाले पुरानै संरचनामा काम गरेपनि डिजिटल प्रविधिबाट काम गरिरहेको कार्यालयले जनाएको छ ।

डिजिटल प्रविधिबाट काम गर्दा समयको धेरै बचत हुन्छ । पहिले हातले नै लेखेर गर्नुपथ्र्यो ।
अहिले कम्प्युटरबाट काम गरिरहेका छौँ एकदमै सजिलो र सहज भएको छ ।


सेवाग्राहीहरुलाई सहजता दिनको लागि डिजिटल प्रविधिबाट काम गरिरहेको वलीले बताए । ०२६÷०२७ सालतिर पञ्चायतको समयमा नापी नक्सा भयो तिनै नक्सा अनुसार नै अहिले पनि काम भैरहेको छ । पञ्चायतको बेलामा बनेको संरचना अनुसार नै अहिले पनि काम गरिरहेको बताए । सेवाग्राहीलाई छिटोछरितो सेवा चाहिएको थियो त्यही अनुरुप यो प्रविधिको पूर्णरुपमा कार्यान्वयनमा ल्याएका हौँ, वलीले भने । डिजिटल प्रविधिबाट काम गर्दा समयको धेरै बचत हुन्छ । पहिले हातले नै लेखेर गर्नु पथ्र्यो । अहिले कम्प्युटरबाट काम गरिरहेका छौँ एकदमै सजिलो र सहज भएको छ, उनले भने ।
अहिले डिजिटल प्रविधिबाट काम गर्न धेरै नै सजिलो भएको उनको भनाइ छ । कार्यालयमा अहिले यही प्रविधिका कारण १४ जना कर्मचारीले काम गरिरहेका छन् । यदि यो डिजिटल प्रविधि लागू नगरिएको भए काम पनि ढिलो, सेवाग्राहीलाई सेवा प्रवाहमा पनि ढिलो हुने र यति कर्मचारीले पनि नपुग्ने बताए । डिजिटल प्रविधिबाट काम भएपछि सबै डाटा, तथ्याङ्कहरु कम्प्युटरमै सेभ हुन्छन छन् । कतै हराउँछ कि कसैले च्यातेर फाल्छ कि भन्ने पनि नहुने उनले बताए । पहिलेको काम गर्ने विधि प्रक्रियामुखी थियो भने अहिले काम गर्ने तरिका परिणाममुखी काम भइरहेको समेत वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here