Monday, March 25, 2024
Homeफिचरठेला व्यवसायीहरु आक्रोसित

ठेला व्यवसायीहरु आक्रोसित

- Advertisement -spot_img

घोराही, २ चैत । घोराहीका ठेला व्यवसायीहरु आक्रोसित भएका छन् । सडक व्यवस्थापन गर्नको लागि घोराही उपमहानरपालिकाले बजार व्यवस्थापन समितिले सडकका ठेला हटाउन थालेपछि ठेला व्यवसायीहरु आक्रोसित भएका हुन् । ठेला व्यवसायीहरुलाई उचित व्यवस्थापन नगरेर एक्कासी ठेला उठाउन आएको भन्दै आक्रोसित भएका छन्
‘हामीले चुनावमा भोट दिएर जितायाँै, अहिले हाम्रो ठेला हटाउँदैै छन्’ तुलसीपुर चोकमा ठेलामा फलफुल व्यवसाय गर्दै आएका राजन केसीले आक्रोसित हुँदै ठेला हटाउन गएको टोलीलाई यसरी नै भनेका थिए । ‘यही ठेलाबाट दुई चार पैसा आम्दानी गरेर परिवार पालेका थियो, अब कसरी परिवार पाल्ने ? उनले थपे । विना जानकारी ठेला उठाउन आएको भन्दै केसीले उचित व्यवस्थान गर्न अनुरोध गरे ।
‘बिहीबार विप्लव माओवादीको नेपाल बन्द, एक कौडी व्यवसाय भएन्, शुक्रबार व्यवसाय होला भनेको ठेला उठाईदिन आए’ तुलसीपुर चोकमा ठेला व्यवसाय गर्दै आएकी लीलावती नेपालीले दुखेसो पोखिन् । ‘पैसा भएको भए त सडकमा आएर को व्यवसाय गथ्र्यो र ? सटर खोलेर सानसँग व्यवसाय गर्थिम्’ उनले अर्कोसित हुँदै भनिन् ‘हामीले परिवार कसरी पाल्ने ? उनीहरु मात्रै होइन् घोराहीमा ठेलामा व्यापार गर्दै आएका अधिकांश आक्रोसित भएका थिए ।
पछिल्लो समय घोराही बजार साघुरिदै गएको छ । सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले ठेला हटाउने योजना बनाएका हुन् । घोराही बजारका ठेला तथा सडक व्यापार हटाएपछि बजार व्यवस्थित बनेको छ । बजारलाई व्यवस्थित गर्नको लागि ठेला हटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘बजार साँघुरिदै गएको छ, हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ठेला हटाइएको हो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदनबहादुर कुँवरले भने । घोराही नगर व्यवस्थापन समिति, जनप्रतिनिधि र ट्राफिक प्रहरीहरुले बजारमा अव्यवस्थित रुपमा सञ्चालन रहेका ठेलाहरु हटाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here