Monday, March 25, 2024
Homeमुख्य खबरट्राफिक प्रहरी नयाँ भवनमा

ट्राफिक प्रहरी नयाँ भवनमा

- Advertisement -spot_img

घोराही, २७ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारको १ करोड ५६ लाख ८३ हजार ९ सय ६६ रूपैयाँ लागतमा निर्माण भएको ट्राफिक कार्यालयको भवनको उद्घाटन गरिएको हो । सुविधा सम्पन्न पक्की तीनतले भवनको एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाहले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख शाहले भौतिक, आर्थिक र जनशक्तिको अभावमा प्रहरीहरूलाई काम गर्न मुस्किल हुने हुदाँ काममा सहजताको लागि आवश्यक पूर्वाधार हुन जरूरी रहेको बताए ।
अझै पनि धेरै प्रहरी कार्यालयहरू भाडाको घरमा, अर्काको जग्गा र कच्ची एवं कमजोर संरचनामा बस्दै आईरहेको जानकारी गराए । अब नेपाल सरकारले प्रहरीहरूलाई क्रमश पक्की संरचना तयारमा भरपुर सहयोग गर्ने आशासमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकार गोविन्द रिजालले जिल्लामा ट्राफिक प्रहरीलाई देखिएको भौतिक अभाव टरेको हुँदा अब जिम्मेवारीका साथ काम गर्न प्रहरीलाई आग्रह गरे । जिल्लामा अझै पनि ट्राफिक जनशक्ति अभाव भए पनि सीमित जनशक्तिमा गुणस्तरिय काम गर्नको लागि प्रयासरत रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here