Thursday, March 28, 2024
Homeफिचरटेन्ट तथा साउण्ड व्यवसायी समिति

टेन्ट तथा साउण्ड व्यवसायी समिति

- Advertisement -spot_img

घोराही, ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघअन्तर्गत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । शनिबार भएको टेन्ट तथा साउण्ड सिस्टम व्यवसायीहरुको भेलाले समिति गठन गरेको हो ।
भेलाले दामोदर गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सकिल अहमद सिद्दिकी, सचिवमा मनोज गुप्ता, कोषाध्यक्षमा समिर सिद्दिकी रहेका छन् ।
समितिका सदस्यहरुमा अब्दुल वाजिद सिद्दिकी, शिवु सिद्दिकी, प्रविणकुमार गुप्ता, रोशनकुमार गुप्ता, प्रदिपकुमार गुप्ता, राजु गुप्ता, ऋषिराम चौधरी रहेका छन् । भेला दामोदर गौतमको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा वस्तुगत परिचालन समितिका संयोजक बसन्त जोसीको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलामा सहभागीहरुले व्यवसायीहरु आफ्नो हक अधिकारको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए । व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरुको भनाइ रहेको थियो । भेलाको सहजीकरण मनोज गुप्ताले गरेका थिए ।
यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघ र मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक संघबीच छलफल गरिएको छ । छलफलमा व्यवसायीहरुलाई परेका समस्या, समाधानका उपाय, सरकारले ल्याएको नयाँ कर नीति, आउँदा दिनमा कसरी अगाडि बढ्नेलगायतका विषयमा छलफल गरिएको हो ।
छलफलमा उद्योग वाणिज्य संघ र व्यवसायीहरु मिलेर व्यवसायीहरुलाई पर्ने समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने बताएका थिए । यसका लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्न मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ सधै तयार रहेको बताएका थिए ।
कार्यक्रम उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा वस्तुगत परिचालन समितिका संयोजक बसन्त जोसीको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकी, महासचिव नरेश कार्की, सदस्य धनपति शर्मा, मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायिक संघका अध्यक्ष दीपक पाण्डे, शालिकराज खनाल, भिमसेन गिरी, शालिकराम थापालगायतले भनाइ राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here