Tuesday, March 26, 2024
Homeफिचरज्ञानमा पृथकता दिनु मुख्य लक्ष्य

ज्ञानमा पृथकता दिनु मुख्य लक्ष्य

- Advertisement -spot_img

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । पछिल्लो समय युवा पुस्ताको हातमा शिक्षण संस्थाका नेतृत्व आइरहेको छ । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा सप्तरङ्गी बोर्डिङ स्कुल  (सक्सेस एकाडेमी)का प्रिन्सिपल छवि कुमार वली सँग गरिएको कुराकानीको सारसंक्षेप ।

नयाँ शैक्षिक सत्रको योजना के छ ?

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै नयाँ जोश, उमङ्ग, उत्साहका साथ प्रस्तुत भएका छाँै । मेरो नेतृत्वमा रहेका विद्यालयमा नयाँ आयाम भित्र्याउने योजनाले कामहरु अघि बढिरहेका छन् ।
एउटा दक्ष टिमको विकास गरी संस्कारसहितको गुणस्तरीय शिक्षामा प्रदान गर्ने हाम्रो सुरुदेखिको योजना यस वर्ष पनि नियमित रहन्छ भने केही नयाँ प्रयासहरु सञ्चालन गर्नेछौँ । यही कुरा सम्पूर्ण अभिभावकहरु, विद्यार्थीहरु शुभचिन्तकहरुमा प्रतिवद्धता गर्न चाहन्छु ।
वास्तवमा मेरो योजना विद्यालयलाई असल र सफल बनाउनुका साथै अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई अन्य विद्यालयका विद्यार्थीभन्दा अलि बेग्लै बनाउने सोंच छ । मेरा विद्यार्थी अन्यभन्दा विविध पक्षहरुमा पृथक बनाउने मेरो प्रमुख योजना छ ।

विद्यार्थीमा संस्कार, आदर, सम्मान हरायो भन्छन् के पाउनुभएको छ ?

हो, अहिले यो अवस्था देखिएको छ । संस्कार, आदर सम्मानभन्दा बढी घोकन्ते विद्यामा केन्द्रित हुँदा यस्तो भएको हो । र यो धेरै ठाउँमा देखिन्छ पनि त र सप्तरङ्गी स्कुल त्यस्तो विद्यालय हो जहाँ संस्कार भुलेकालाई संस्कार सिकाइन्छ ।
आदर सम्मान गर्न नजान्नेलाई आदर सम्मान गर्न सिकाइन्छ । यसका लागि विद्यार्थीमैत्री विद्यालय हुनुपर्छ । विद्यालयमैत्री विद्यालय बनाउन सकेमात्रै सबै संरक्षण हुन्छ । जहाँ विद्यार्थीहरुका रुची, चाहना अनुसार पठनपाठन गर्न सकिदैन ।
जसले युग सुहाउँदो शिक्षा प्रदान गर्न सक्दैन, जसले नैतिक, संस्कारसँगै व्यवहारिक शिक्षाभन्दा किताबी ज्ञानलाई मात्र प्राथमिकता दिने गर्दछ । यो भयो भने संकार हराउँछ ।

यसको संरक्षणका लागि कस्ता गतिविधि विद्यालयमा सञ्चालन भइरहेका छन् ?

वास्तवमा संस्कार, संस्कृति परम्परा हाम्रो पहिचान हो । यिनीहरुको संरक्षण र संवद्र्धन गर्ने विद्यालयको पनि उत्तरदायित्व हो । विद्यालयले कितावी ज्ञानलाई मात्र होइन, विद्यार्थीहरुलाई चरित्रवान, अुनशासित, लगनशील र संस्कारी बनाउनु आजको आवश्यकता हो ।
यसको संरक्षणका लागि विद्यालयमा विभिन्न प्रकारका क्रियाकलापहरुलाई समय–समयमा सञ्चालन गर्ने गर्दछौ । जस्तै नैतिकता झल्काउने विभिन्न किसिमका क्रियाकलापहरु, उत्प्रेरणासम्वन्धी गतिविधि, योगाजस्ता कक्षाहरु राष्ट्रियस्तरका प्रशिक्षकहरु ल्याएर सञ्चालन गरिरहेका छौं ।
त्यसैले म गर्व गर्छु मेरा विद्यार्थीहरु समाजमा तथा बजारमा बेग्लै छन् । कितावी शिक्षाभन्दा पनि हामी अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर यो अभियानलाई अघि बढाइरहेका छौ ।


वास्तवमा संस्कार, संस्कृति परम्परा हाम्रो पहिचान हो । यिनीहरुको संरक्षण र संवद्र्धन गर्ने विद्यालयको पनि उत्तरदायित्व हो । विद्यालयले कितावी ज्ञानलाई मात्र होइन, विद्यार्थीहरुलाई चरित्रवान, अुनशासित, लगनशील र संस्कारी बनाउनु आजको आवश्यकता हो ।


युवालाई शैक्षिक नेतृत्व आएको छ, यसको कसरी ब्यवस्थापन हुँदैछ ?

युवाको नेतृत्वमा कुनैपनि संघसंस्था चरम विन्दुमा पुग्ने गर्दछन् । त्यसैले आजको आवश्यकता भनेको युवा नेतृत्व हो । मलाई यस विद्यालयको नेतृङ्खव गर्ने मौका दिईरहदा यसलाई युग सुहाउँदो शिक्षामा विद्यार्थीहरुलाई संलग्न बनाउँदै गुणस्तरीय शिक्षाका लागि विभिन्न किसिमका कार्यक्रमहरुको व्यवस्थापन गरिरहेको छु ।
युवाले चाहेमा धेरै परिवर्तन गर्न सक्छन् भन्ने मेरो सोंच हो । मेरो टिममा पनि सबै युवा नै भएको हुँदा युवाबीचको सहकार्य बलियो छ । जसका कारण संस्थालाई सबै तवरले सफल र सक्षम बनाउने प्रण छ ।

युवाहरु कामभन्दा बढी कुरा गर्दछन् भन्छन् नि ?

होइन, म कुरामा होइन काममा विश्वास गर्छु । म कम बोल्छु, समयमा बोल्छु, आवश्यकताभन्दा धेरै कुरा गर्दिन । तर अरुले गरेको धेरै कुरा सुन्छु अनि आफ्नो ठोस निर्णय गर्दछु । धेरै ठाउँमा युवाले यो भनाईलाई गलत प्रमाणित गरिदिएका छन् । त्यो मैले पनि गरेर देखाउने छु  ।

निजी शिक्षण संस्थाहरु सेवामुखीभन्दा नाफामुखी देखिन्छ किन ?

सबैको पहिलो उद्देश्य सेवा नै हुन्छ । संस्थागत विद्यालय भएकै कारणले नाफामुखी मात्रै छन् भन्ने आरोप लाग्नु राम्रो हुँदैन । वास्तवमा निजी संस्थाहरु सेवामुखीभन्दा फाइदामुखी होइनन् । यथार्थमा भन्ने हो भने सेवामुखीको साथमा जीविकोपार्जनको अवस्थामा गुर्जिरहेका छन् ।
सायद निजी संस्था नहुने हो भने हाम्रो देश नेपालको शैक्षिक गुणस्तर दिनप्रति दिन खस्किदै जाने छ, जान्छ पनि । त्यसैले निजी संस्थाहरुप्रति नकारात्मक साेंच तथा धारणालाई सकारात्मक साेंचमा परिणत गर्न आवश्यक छ । एक दुईवटा कुनै संस्थाको कार्यले सबैलाई एकै ठाउँमा राख्न मिल्दैन ।

सक्सेस अरुभन्दा किन फरक ?

हो । हाम्रो विद्यालय वास्तवमा फरक अभियानमा छ । हामी त्यही शिक्षा पढाउँदछौँ तर फरक तरिकाले पढाउँछौँ । ‘फरक शैली, पृथक अध्ययन’ हाम्रो विशेषता हो । हाम्रा विद्यार्थीहरु हरेक दृष्टिकोणबाट बेग्लै छन् ।
आफूले आफूलाई समाजमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जहाँ जतिबेला विषम परिस्थितिमा पनि समायोजन गर्न सक्दछन् । त्यसकारणले हामी अरुभन्दा फरक छौ । हामीले उत्पादन गरेको जनशक्ति बजारका सबै क्षेत्र, वर्गमा उत्कृष्ट नै छन् । त्यहि अनुसार उत्पादन गर्दै आएका छौँ ।


विद्यार्थीको ईच्छा र चाहना जुन कला सिप र क्षमतामा आधारित छ त्यहि अनुसारको शिक्षा उनीहरुले पाउनु प¥यो यो नै मेरो ठूलो योजना छ ।


युवा जोसमा विद्यालयको नेतृत्व पाउँदा कस्तो लागेको छ ?

युवा अवस्थामा प्रतिष्ठित संस्थाको नेतृङ्खव गर्ने अवसर पाउँदा वास्तवमा म गर्व गर्दछु । यो उमेरमा मलाई विश्वास गरी विद्यालयको नेतृङ्खव गर्ने यति ठूलो अवसर प्रदान गर्नुभएको छ । यसमा म सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
म विद्यालय सुधारका लागि हरपल, हरक्षण चिन्तन र मनन् गर्ने गर्दछु । म बेला–बेलामा धेरै योजनाहरु बनाउने गर्दछु । विद्यालयमा केही नयाँ साेंच ल्याउनका लागि म समय–समयमा अन्य विद्यालयहरु घुम्ने गर्दछु ।
म चाहन्छु की अबको केही वर्षमा दाङमा हाम्रो विद्यालय नमुना विद्यालय बनोस् । सबैको रोजाईको विद्यालय बनोस् । वास्तवमा विद्यालय पढ्ने, पढाउने ठाउँ मात्र होइन । विद्यार्थीहरुमा लुकेर रहेका अन्तरनिहीत क्षमताहरुलाई प्रस्फुटन गराउने ठाउँ पनि हो ।
म यस्तो योजनामा छु । जहाँ मेरो विद्यालयमा पढ्न आउने विद्यार्थीहरुले आफूले विद्यालयमा सिकेका कुराहरुलाई पछ्याउँदै, आफ्नो क्षमतालाई चिनेर जावस् । शिक्षामा अब्वल बनाउनु, सीप सिकाउनु मेरो प्रमुख योजना छ ।
विद्यार्थीहरु विद्यालयमा आउँदै गर्दा दुःखी होइन खुशी र पढ्नका लागि उत्साहित बनून् । जस्तै पढ्नेले पढन पाउनु प¥यो, गाउँनेले गाउन पाउनु प¥यो भने नाच्नेले नाच्न पाउनु प¥यो । कुनै विद्यार्थीहरुमा गीत, संगीतप्रति रुचि हुनसक्छ ।
त्यस्ता विद्यार्थीहरुले गीत, संगीत सिक्न पनि पाउनु प¥यो, जुन विद्यार्थीको ईच्छा र चाहना जुन कला सिप र क्षमतामा आधारित छ त्यहि अनुसारको शिक्षा उनीहरुले पाउनु प¥यो यो नै मेरो ठूलो योजना छ ।

के यो सम्भव छ ?

असम्भव भन्ने केही पनि छैन । किनकी ुक्ष्mउयककष्दभि कउभबपक ष्तकभाि क्ष् बm उयककष्दभिु सपना देख्नु राम्रो हो, भन्ने तथ्यलाई हामी नेतृङ्खवकर्ताहरुले पछ्याउन अत्यावश्यक छ र किनकी राईट दाजुभाइले आकाशमा चरा उडेको नदेखेको भए मलाई लाग्छ सायद हवाईजहाजको सपना देख्ने थिएनन् होला ।

विद्यार्थी बढाउने मात्रै हो की गुणस्तर र सिकाइलाई महŒव हुन्छ ?

गज्जब प्रश्न ! मेरो गुणस्तर र सिकाइसँग सम्झौता गर्ने बानी छैन । म गुणस्तरलाई महङ्खव दिन्छु । त्यसैले त मेरो विद्यालयमा विद्यार्थीहरुको संख्या प्रतिवर्ष बढ्दो क्रममा छ  ।

अन्त्यमा छुटेको केही ?

अन्त्यमा नव वर्ष २०७६ सालको पावन अवसरसँगै सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी, वुद्धिजीवि, शुभचिन्तक तथा सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here