Friday, March 29, 2024
Homeमुख्य खबरज्ञानदीपको नतिजा शतप्रतिशत

ज्ञानदीपको नतिजा शतप्रतिशत

- Advertisement -spot_img

तुलसीपुर, २३ साउन ।
त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक सत्र २०७४ को विएस्सी चौथो वर्षको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले शतप्रतिशत नतिजा ल्याएको छ । कलेजबाट परीक्षामा सामेल भएका ३४ जना विद्यार्थीहरुमध्ये उत्कृष्ट अंकका साथमा सबै विद्यार्थी उत्तीर्ण भएको कलेज प्रमुख सुरेन्द्र जिसीले बताए ।
‘हाम्रा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथमा उत्तीर्ण भएका छन्’ जिसीले भने । कलेज प्रमुख जिसीले मोफसलबाट विज्ञान सङ्कायमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ज्ञानदीप नै पहिलो कलेज भएको समेत दाबी गरे । दाङ्ग जिल्लामा विज्ञान कलेजका रुपमा पहिलो पटक निजीस्तरबाट सञ्चालनमा आएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको पनि क्याम्पस प्रमुख जिसीले बताए । ‘हामीले निरन्तर मेहेनत गरिरहेका छौँ, यसैकारण नतिजा उत्कृष्ट आएको हो’ सहायक कलेज प्रमुख मनोज कुमार केसीले बताए । केसीका अनुसार कलेजको दोस्रो ब्याचमै शतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका हुन् । यसैगरी कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा शिला पोख्रेलले ३ सय ४२ अर्थात ६८.४ प्रतिशत अंक ल्याएर जिल्ला उत्कृष्टसमेत भएकी छन् । ‘जिल्लामा यति धेरै प्रतिशत ल्याउने कोही नभएकाले हामीले जिल्ला पनि उत्कृष्ट गरेका हौँ’ कलेज प्रमुख जिसीले भने । कलेजले स्थापना कालदेखि नै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । २०६८ सालमा स्थापना भएको कलेजमा आमसञ्चार तथा पत्रकारिता, विविएस र विएस्सी अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here