Sunday, April 14, 2024
Homeमनोरञ्जनजेसिज म्यूजिक कन्सर्ट हुने

जेसिज म्यूजिक कन्सर्ट हुने

- Advertisement -spot_img

तुलसीपुर, १८ चैत । नयाँ वर्षको अवसरमा तुलसीपुर नगर जेसिजले दुईदिने म्यूजिक कन्सर्ट गर्ने भएको छ । नेपाली परम्परा जोडिएको नयाँ वर्षको महङ्खव बुझाउन कन्सर्ट गर्न लागिएको नगर जेसिजका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । नयाँ वर्षको अवसरमा तुलसीपुरको अरनिको मैदानमा कार्यक्रम गरिने छ ।
चैत ३० गतेदेखि सुरु हुने कार्यक्रम बैशाख १ गतेसम्म सञ्चालन हुने भट्टराइले बताए । जेसिजका प्रवक्ता भट्टराईले टिकट बिक्रीबाट संकलन भएको २० प्रतिसत रकम अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरलाई प्रदान गरिने बताए । कन्सर्टबाट बचेको रकममध्ये केही जेसिजको सचिवालय व्यवस्थापन र अन्य केही रकम सामाजिक कार्यमा लगाउने जानकारी दिइएको छ ।
कन्सर्टको पहिलो दिन अर्थात् चैत ३० गते स्थानीय कलाकारहरुको प्रस्तुत रहने छ भने उक्त दिन सबैलाई प्रवेश फ्रि हुने छ । कार्यक्रममा थारु, सोरठी, सारिङ्गे नाचलगायत स्थानीय कलाकारहरुले पनि नृत्य प्रस्तुत गरिले छ । तर, बैशाख १ गतेको लागि भने शुल्क लाग्ने छ ।
बैशाख १ गतेको कलाकारहरु कुलेन्द्र विश्वकर्मा, अंकित न्यौपाने, सन्दिप न्यौपाने, कमल खत्रीलगायत रहेको कार्यक्रम संयोजक माधव न्यौपानेले बताए । पत्रकार सम्मेलन तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव मोहन स्वर्णकारले गरेका थिए । उक्त अवसरमा विभिन्न समिति गठन गरेको पनि सार्वजनिक गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here