Tuesday, April 16, 2024
Homeविचारजुम्ल्याहा शत्रुहरू

जुम्ल्याहा शत्रुहरू

- Advertisement -spot_img

मानिस सामाजिक प्राणी हो । उसलाई हरेक अवस्थामा समाजको खाँचो र आवश्यकता पर्दछ । सुखमा हाँस्नको लागि पनि समाज नै चाहिन्छ । दुःखमा रुनको लागि पनि समाज नै चाहिन्छ । कर्मको बेला सघाउन पनि समाज नै चाहिन्छ ।
एउटा परिवारको लागि जीवन जीउने आधार तयार पार्न स्वयम् परिवारका सदस्यले मात्र केही गर्न पनि सक्दैन । तसर्थ हरेक अवस्थामा कुनै न कुनै ज्ञान, सीप, कला,
पेशा र जागीर भएका सामाजिक व्यक्तिको खाँचो पर्ने हुनाले मानिस आफू बस्ने र जीउने समाज निकै महत्वका साथ हेर्दछ । जहाँ पनि जहिले पनि नियाल्ने क्षेत्र र सहत भनेको नै समाज हो । त्यसैले यो समाजलाई राम्रो समाज र नराम्रो समाज भन्ने गरिन्छ र यो समाजलाई रसाम्य समाज र असभ्य समाज भन्ने गरिन्छ । समाज सभ्य भयो भने त अति उत्तम नै भइहाल्यो, कुनै चिन्ता र चासो नै गर्नु परेन ।
यदि असभ्य बनाउने कुतत्व र दुष्मनीय कुराहरु के–के हुन् त ? आज यसैका सेरोफेरोमा रहेर जान्ने र बुझ्ने प्रयास गरौं । विशेषत राम्रो समाज आफैमा राम्रो हुन्छ । त्यसलाई राम्रो बनाउन कुनै कुरा सोच्नु पर्दैन र कुनै कुरा चिन्ता गर्नुपर्दैन ।
यदि समाज नराम्रो हुन्छ भने विशेषगरी दुई कुराले हुन्छः– (१) गरिबी र (२) अशिक्षा । यिनै गरिबी र अशिक्षानै हाम्रो असभ्य समाजका जुम्ल्याहा शत्रुहरु हुन् । यिनलाई पहिचान गरेर निदान गर्नु उपाय हो ।

गरिबीसँगै अशिक्षा पनि जोडिन्छ र अशिक्षासँगै गरिबी पनि जोडिन्छ । त्यसैले हाम्रो परिवार होस्, समाज होस् वा राष्ट्र पनि किन नहोस् । गरिबी र अशिक्षा बढ्नु भनेको ठूलो चुनौती थपिनु, दुश्मन बढ्नु र शत्रुहरु जन्मिनु सरह हो ।

व्यक्ति–व्यक्ति, समाज–समाज मिलेर देश बन्दछ । त्यसैले हाम्रो समाज र राष्ट्रलाई सुखी, शान्ति, समृद्धि र विकसित बनाउनको लागि हाम्रा यी जुम्ल्याहा शत्रुहरुको पहिचान गरेर उचित समयमा यसको निराकरण गर्नु सबैका लागि हितकर हुनेछ ।


१. गरिबीः

गरिबी भनेको अभाव हो । गरिबी भनेको खड्गो हो । गरिबी भनेको गर्जो हो । यो गरिबी तीन प्रकारको हुन्छ । (क) तनको गरिबी, (ख) मनको गरिबी र (ग) धनको गरिबी । शरीर निरोगी नहुनु वा शरी रोगी हुनु पनि तनको गरिबी हो । शरीर बलियो नहुनु वा शरीर दुर्बल हुनु पनि तनको गरिबी हो । शरीर परिश्रमी र जाँगरिलो नहुनु र अल्छी र सुखारी बन्नु पनि तनको गरिबी हो ।
त्यसैगरी शरीरमा स्फूर्ति र मान्ति नहुनु अर्थात् सधै कुनै न कुनै किसिमको भय, त्रास र डर पाल्नु पनि मनको गरिबी हो । आफूले आफैलाई धिक्कार्नु पनि मनको गरिबी हो । शरीरमा साहस र बहादुरी पैदान गर्न नसक्नु पनि मनको गरिबी हो ।
सकारात्मक सोच्न नसक्नु र सधैं नकारात्मक भावना र सोचाई पाल्नु पनि मनको गरिबी हो । आफूलाई यो जीवनको र यस धर्तीको बोझ सम्झनु पनि मनको गरिबी हो । आफ्नो जन्मलाई असफल र दुर्भाग्यको ठान्नु र मान्नु पनि नको गरिबी हो ।
जीवनमा कुनै पनि तर्की र सफलताको काम गर्न सक्दैन भनेर हार खानु र हरेस खानु पनि मनको गरिबी हो । त्यसैगरी साझ बिहानको जोहो गर्न मुस्किल पर्नु धनको गरिब हो ।
भौतिक साधन स्रोतको अभाव हुनु धनको गरिबी हो । पेट भर्ने अन्न र जीउ ढाक्ने टालोको अभाव हुनु धनको गरिबी हो । भोकको बेलामा खान नपाउनु र निन्द्राको बेलामा सुत्न नपाउनु धनको गरिबी हो । आफ्नो जीवनशैली सुख र चयनमा बदल्न नसक्नु धनको गरिबी हो ।
सच्चाई र सुकर्मले आफ्नो परिवार पाल्न नसक्नु धनको गरिबी हो । बिलासीको जीवन जीउन नसक्नु र नचाहनु धनको गरिबी हो । आफ्नो पारिवारिक गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारका लागि सधै आफ्नो ज्यानको धरौटी राख्नु धनको गरिबी हो । यस्ता तीनखाले गरिबीबाट हाम्रो समाजलाई माथि उठाउनु सकिएन भने हामीलाई जुनसुकै बेला पनि धोका हुनसक्छ ।
गरिबी मानिसको जीवनमा निकै ठूलो चुनौती हो । हुन त गरिबी र सम्पन्नता मानिसको जीवनमा चक्रि प्रणाली भएता पनि गरिबी लागेको बेला मानिस जे पनि र जे बन्न पनि तयार र बाध्य हुन्छ ।
सोझो र भन्द्र व्यवहार र आचरणको कर्मले आफ्नो गरिबी निवारण भएन भने मानिस बाङ्गो र अभद्र व्यवहार र कर्म गर्न पनि पछि पर्दैन । यदि गरिबीका कारण समाजमा अभद्र र वाञ्छनीय क्रियाकलाप तथा गतिविधि बढ्न थाले भने त्यसको सिकार हामी स्वयम् नै बन्ने हो । त्यसैले समाज भाडिनबाट जोगाउनको लागि गरिबी निवारणमा ध्यान दिनु नितान्त जरुरी छ ।
पछिल्लो समय बिलासी जीवन जीउने समय, धन, पैसाको समय र विशेष तडक–भडकको समय भएकोले पनि महंगी बढेको समयमा यी सबैकुरा प्राप्त गर्न सहज र सरल छैन । मानसि भड्किलो जीवन जीउन चाह्यो भने गरिबीलाई आफै छोप्न र गरिबी अवस्थामा पनि बिलासी जीवन जीउन चाहनेले सबै काम राम्रा र असल गर्छन भन्ने केही ग्यारेन्टी छैन ।
यस्तो अवस्थामा गरिबी उत्थानको कार्यक्रम ल्याउनु र गरिबीलाई सम्बोधन गर्नु समाज तथा राज्यको पहिलो दायित्व र कर्तव्य हुन आउँछ । समाज बिगार्ने नै गरिबी हो ।

२. अशिक्षा

विशेषगरी हामीले अशिक्षा भन्नाले अनपढ र शिक्षा हासिल नगरेको भन्ने अर्थ र भाषामा मात्र बुझ्दछौं । तर त्यसो होइन, शैक्षिक व्यक्ति पनि शिक्षाको गुण र विशेषताभित्र रहन नकेन भने त्यो अशिक्षा नै हुन्छ । अर्थात् पढेको व्यक्तिले पनि नपढेको सरह मूख,
हठी र जिद्दीमा आधारित कर्म र व्यवहार देखायो भने त्यो अशिक्षा नै हुन्छ । नजानेर र थाहा नपाएर गरेको काम अप्रिय भएपनि क्षम्य हुन्छ भने जानेर र बुझेर गरेको सामान्य गल्ती तथा कमजोरी पनि ठूलै अपराध सरह नै हुन्छ । कोही नपढेर पनि विद्वानसरह बुद्धि, विवेक र विचारको धनी भएर महान कार्य गरेर समाजसेवीको स्थानमा आफूलाई उभ्याउन सक्छन् भने कोही पढी, लेखी,
विद्वान भएर पनि पट्मूर्खतामा परिणत भएर समाजद्रोही काम गर्न तत्पर हुन्छन् । अशिक्षा धेरैमा निहीत छ । अशिक्षा धेरैमा परिभाषित छ । अशिक्षा धेरैमा बन्धनीय छ । यदि पढेर पनि भ्रम र शंकाको जालोभित्र बाँधिएको व्यक्ति छ भने त्यो पनि अशिक्षा हो । यदि पढेर पनि सभ्यता र मार्मिक छैन भने त्यो पनि अशिक्षा हो । यदि पढेर पनि रिसाहा क्रोधी र क्रुर छ भने त्यो पनि अशिक्षा हो ।
यदि पढेर पनि आफ्नो पढाइको समाजमा अभ्यास र प्रदर्शनी छैन भने त्यो पनि अशिक्षा हो । यदि पढेर आफ्नो बुद्धि–विवेकलाई सही ढंगले प्रयोग गर्न सकिन्न भने त्यो पनि अशिक्षा हो । यदि पढेर पनि ज्ञान–ध्यान र धर्म–कर्म शुन्य छ भने त्यो पनि अशिक्षा हो ।
पढेको प्रमाण भन्दा पनि गरेको व्यवहार समाजमा देखिने ऐना हो । को मानिसले कति पढेको छ ? त्यो कुरा जान्न र मान्न उसको आवरणले खुल्दैन । तर कुन मान्छे सभ्य र असभ्य छ भन्ने कुरा उसको आवरण र क्रियाकलापले खुलाउँछ । पढ्नु सभ्य बन्नु हो । पढ्नु ज्ञानी बन्नु हो । पढ्नु बुद्धिजीवि बन्नु हो । पढ्नु ठूलो मान्छे बन्नु हो । ठूलो मान्छे बन्नु समाज र राष्ट्रको सेवक बन्नु हो ।
पढ्नु समाजको ऐना बन्नु हो । पढ्नु समाज र राष्ट्रको सभ्य र भव्य नागरिक बन्नु हो । त्यसैले पढ्नुलाई प्रमाणपत्र हात पार्नु, डिग्री हासिल गर्नु र हतियारको जोहो गर्नु कपापि होइन ।
पढ्नुको अर्थ सचेत नागरिक बन्नु हो । सचेत नागरिक हुनुको अर्थ आफ्नो परिवार, समाज र राष्ट्रकै हितमा काम गर्नु अघि सर्नु हो । हामी अशिक्षाको कुरा गरिरहँदा अनपढलाई मात्र गन्यौ र मान्यौ भने गल्ती र कमजोरी हुनसक्छ ।
शस्त्र–अस्तका रुपमा देखाउन र प्रदर्शन गर्न अनेकौं बहानाबाजीले प्रमाण त जुट्ला तर आफ्नो परिवार, समाज र राष्ट्रकै लागि चाहिने गुण, विशेषता र संस्कार जुट्छ कि जुट्दैन ? भन्ने प्रश्न हो । त्यसैले हाम्रो समाज हेर्दा पढे लेखेको मात्र न हेरौं र न बुझौं ।
जसले आफ्नो जीवन र जगतलाई पढे लेखेको छ, जसले सांसारिक माया र मोहलाई पढे लेखेको छ, जसले परिवार र समाजको दायित्व र भूमिका पढे लेखेको छ र जले यो समाज र हामी सामाजिक प्राणीलाई पढे लेखको छ, त्यो नै वास्तविक रुपमा समाजसेवी हो ।
हामीले शिक्षित र समाजसेवी जो कोहीलाई पनि प्रयोग गर्न र सम्बोधन गर्न खोज्छौं तर त्यो नितान्त गलत छ । शिक्षित र समाजसेवीभित्र यति ठूला–ठूला गुण तथा विशेषता लुकेका छन् जसको व्याख्या र विश्लेषण सामान्य शब्द, भाषा र समयमा हुन सक्दैन ।
समाजको कुरा गरिरहदा र समाज राम्रो वा नराम्रो भनिरहना हाम्रो समाजलाई दुःख दिने तत्व पनि दुईथरी नै छन् । हाम्रो समाजलाई सभ्य र भव्य बनाउने दुईथरी तत्व भन्नाले सम्पन्नता र शिक्षा अर्थात् शिक्षा र सम्पन्नता नै सभ्य समाजको जग हो र धरातल हो ।
त्यसैगरी हाम्रो समाजका असली शत्रुहरु भनेका पनि दुईथरी नै छन् । ती गरिबी र अशिक्षा हुन् । यी एकआपसमा अनुन्याश्रीत सम्बन्धले बाँधिएका छन् ।
अर्थात् गरिबीले शिक्षित बनाएन भने अशिक्षाले धनी बनाएन । अर्थात् जब गरिब भयो, उसले चाहिने शिक्षा हासिल गर्न सकेन भने जब अशिक्षित भयो तब धनी पनि बन्न सकेन त्यसैले यी दुबैलाई जुम्ल्याहा भनिएको हो । यी साथसाथै जन्मिन्छन् । गरिबीसँगै अशिक्षा पनि जोडिन्छ र अशिक्षासँगै गरिबी पनि जोडिन्छ । त्यसैले हाम्रो परिवार होस्, समाज होस् वा राष्ट्र पनि किन नहोस् ।
गरिबी र अशिक्षा बढ्नु भनेको ठूलो चुनौती थपिनु, दुश्मन बढ्नु र शत्रुहरु जन्मिनु सरह हो । व्यक्ति–व्यक्ति, समाज–समाज मिलेर देश बन्दछ । त्यसैले हाम्रो समाज र राष्ट्रलाई सुखी, शान्ति, समृद्धि र विकसित बनाउनको लागि हाम्रा यी जुम्ल्याहा शत्रुहरुको पहिचान गरेर उचित समयमा यसको निराकरण गर्नु सबैका लागि हितकर हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here