Monday, March 25, 2024
Homeफिचर‘जिम्मेवार पत्रकारिता’ महासंघको स्थापना दिवस

‘जिम्मेवार पत्रकारिता’ महासंघको स्थापना दिवस

- Advertisement -spot_img

घोराही, ५ पुस । नेपाल पत्रकार महासंघ दाङले शुक्रबार २७औँ स्थापना दिवस मनाएको छ । रक्तदान, क्रिकेट प्रतियोगिता र पत्रकारहरूको आँखा जाँच गरेर यस अघि तीनदिन कार्यक्रम गरेको पत्रकार महासंघले बिहीबार पत्रकार, सञ्चारमाध्यम र अक्षकोष स्थापना–कर्ताहरूलाई सम्मान एवं पुरस्कृत गरेर स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा सहभागीले पत्रकारिता क्षेत्रलाई विश्वासिलो बनाउन आवश्यक रहेको कार्यक्रमका सहभागीहरूले बताएका छन् । तथ्यको आधारमा सत्य पहिचान गरी जनतालाई सही सूचना दिनुपर्ने भन्दै उनीहरूले बाह्य आड र व्यवसायलाई थेक्न सक्ने पत्रकारिता समाजको प्रमुख आवश्यकता रहेको बताए ।
पारिश्रमिक, कार्यक्षमता र काम गर्ने वातावरणले समेत पत्रकारितालाई प्रभाव पार्ने भन्दै उनीहरूले यस विषयमा सम्बन्धित सरोकारवालाहरूले समयमै ध्यान दिन आवश्यक रहेको औँल्याए ।
कार्यक्रमका अवसरमा महासंघका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले अबको पत्रकारिताले आत्मसमीक्षा गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । आचारसंहिताभित्र रहेर काम गर्दागर्दै पनि हुने त्रुटी तर समस्यालाई पहिचान गर्न सक्ने वातावरण नहुँदा दिनप्रतिदिन पत्रकारिता क्षेत्र संकटमा पर्दै जान थालेको बताए ।

‘मैले आजसम्म आफूले गरेका कामहरू कस्तो छ ? के भएको छ ? यसले समाजलाई कस्तो प्रभाव पार्दछ भनेर आफ्नो कामको मूल्यांकन आफैले गर्ने पत्रकार भेटाउन सकेको छैन’ उनले भने–
‘यस्तै हो भने समाजले हाम्रो पेशालाई कसरी विश्वास गर्न सक्छ ?’ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले सामाजिक विश्वास अभिवृद्धि गर्नका लागि असल आचरणसहितको पत्रकारिता गर्न सबै पत्रकारहरूलाई आग्रह गरे ।
पछिल्लो समय फितलो बन्दै गएको पत्रकारिताका कारण निर्माण गरिएका नीति तथा ऐनहरूले सिङ्गो पत्रकारितालाई संकूचन गर्न खोजिएको बताउँदै उनले यस विषयमा महासंघले ध्यान दिनुपर्ने बताए ।
यस्तै कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले आफू आफ्नो कर्तव्यमा सधै प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । पत्रकारिता आचारसंहिता सँगसँगै सत्यको सेवा, तटस्थता,
सच्याउने तत्परता र विवेकको प्रयोग गर्न अत्यावश्यक रहेको उनले बताए । ‘जनता सूचनाको उपभोक्ता हुन्’ उनले भने– ‘यसर्थ उनीहरूलाई कस्तो खालको सूचना दिनुपर्छ ? सत्यता के हो ? जनता आफूले गरेका कामबाट सन्तुष्ट छन् की छैनन् भन्ने विषयमा विशेष ख्याल राख्नुपर्छ ।’
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले सुदृढ ढंगले दाङको पत्रकारितालाई अगाडि बढाउन आग्रह गरेका छन् ।
हरेक नागरिकको सुरक्षाका निम्ती, समाज रूपान्तरणका निम्ती, सिङ्गो देशको समृद्धिका निम्ती पत्रकारिता क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उनीहरूले समाजले विश्वास गर्ने खालको पत्रकारिता गर्नुपर्ने बताए ।

पत्रकारितामा दम्भ नभई सधै सत्य र निष्पक्षताका पक्षमा हुनुपर्ने भन्दै त्यसका लागि पत्रकारहरूले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने बताएका थिए । पछिल्लो समय मुलुकमा निर्माण भएका नीति तथा ऐन कानुनहरूले पत्रकारिता क्षेत्रमा अंकुश लगाउने गरी बनेको भन्दै त्यसतर्फ सबै सचेत बन्नुपर्ने समेत बताए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैबीच स्थापना दिवसका अवसरमा पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यम, पुरस्कार संस्थापकसँगै जिल्लामा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत एवं सम्मानसमेत गरेको छ ।
समाज रूपान्तरणका लागि पत्रकारिताको माध्यमबाट उल्लेखनीय भूमिका निभाएको भन्दै महासंघले पत्रकारहरूलाई थप प्रोत्साहन प्रदान गर्नका लागि सम्मान एवं पुरस्कृत गरेको हो । यस्तै महांसघमा पुरस्कार स्थापना गर्ने संस्था तथा व्यक्तिहरूलाई समेत सम्मान गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here