Sunday, April 14, 2024
Homeफिचरजातिय विभेदविरुद्ध लाग्ने ऐक्यवद्धता

जातिय विभेदविरुद्ध लाग्ने ऐक्यवद्धता

- Advertisement -spot_img

तुलसीपुर, ९ चैत । जातिय विभेदविरुद्ध लाग्ने ऐक्यवद्धता यहाँका दलित तथा गैर दलितहरुले जनाएका छन् । २१औं सताब्दीमा पनि जातिय विभेद कायमै रहेको भन्दै उनीहरुले यसको विरुद्धमा अब एक भएर लाग्ने प्रतिवद्धता जनाएका हुन । शुक्रबार तुलसीपुरमा दलित र गैर–दलितबीच भएको अन्तर संवाद कार्यक्रममा यस्तो प्रतिवद्धता आएको हो ।
तुलसीपुर उपहानगरपालिकाले मार्च २१ अर्थात् अन्तर्राष्ट्रिय जातिय भेदभावविरुद्धको दिवसको अवसरमा आयोजना गरिएको अन्तर–संवादमा सहभागी दलित तथा गैर दलित समुदायले एकसाथ छुवाछुतको अन्त्यका लागि लाग्ने प्रतिवद्धता जनाए । नेपालको संविधान २०७२ को मर्म, भावनालाई सबैले आत्मसात गर्नुपर्नेमा समेत जोड दिएका थिए । संवैधानिक ब्यवस्था, कानुनी ब्यवस्था, अन्तर्राष्ट्रिय मानव अधिकारको ब्यवस्था र अन्तर्राष्ट्रिय दस्ताबेज हुँदाहुँदै पनि किन जातिय भेदभावको उन्मूलन हुन नसकेको होला ? भन्ने बारेमा चिन्ता ब्यक्त गरिएको थियो भने ब्यापक छलफल पनि गरिएको थियो ।
संविधानले गरेको ब्यवस्थाका बारे र छुवाछुतका विषय संघीय संसदमा छलफलका बारेमा सांसद हिराचन्द्र केसीले जानकारी गराएका थिए । उक्त अवसरमा उच्च अदालत तुलसीपुरका न्यायधीश रामबहादुर थापा मगरले अपराध संहिता, अन्तर्राष्ट्रिय मानवअधिकारको घोषणा–पत्र, अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, नेपालको संविधानको धारा १८, धारा २४ र धारा ४० को बारेमा चर्चा गरेका थिए ।
अधिवक्ता मोहन धितालले दलित समुदायका लागि संविधानमा गरिएको मौलिक हक, समानताको हक, घरेलु कानुनको ब्यवस्था, जाति छुवाछुतविरुद्धको ब्यवस्थालगायतका फौजदारी संहिताको ब्यवस्था लगायतका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्वर १३ का अध्यक्ष डम्वरबहादुर न्यौपाने, वडा नम्वर १८ का अध्यक्ष माधव वली, नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य सुरेन्द्र खड्का, प्रहरी निरिक्षक विक्रम कुवर, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, दलित समाज कल्याण परिषद्का जोगेन्द्र विश्वकर्मा, बौद्ध धर्मगुरु बलिभद्र कुसारी, राधिका परियारलगायतले कानुन कार्यान्वयनका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए ।
उनले गैर दलितलाई सशक्तीकरणको आवश्यकतामा पनि जोड दिए । जातिय भेदभाव कानुनी रुपमा फौजदारी अपराध भएको जानकारी हुँदाहुँदै पनि आपसी सहमतिमा मिलापत्र गर्ने गरेको बताए ।
तुलसीपुर उपमहानगरका विधेयक समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यपालिका सदस्य अमर नेपालीले गरेका थिए । कार्यक्रमको सहजीकरण अधिकारकर्मी निर्मल नेपाली र तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ का सदस्य युवा कराराले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here