Friday, April 19, 2024
Homeमुख्य खबरजरिवाना तिरेर नविकरण खुल्ला

जरिवाना तिरेर नविकरण खुल्ला

- Advertisement -spot_img

घोराही, ३ मंसिर । विभिन्न कारणले लामो समयदेखि नवीकरण हुन नसकेका उद्योग व्यवसायहरू अब दर्ता हुने भएका छन् । जिल्लामा रहेका उद्योगहरू विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन नसकेका फर्महरूको नवीकरण हुन लागेको कार्यालयले जनाएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको लामो प्रयासपछि उद्योगहरूको नवीकरण सुरू भएको हुो । जरिवाना तिर्दासमेत लामो समयदेखि उद्योगहरू नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरूलाई नवीकरण गर्ने भन्ने प्रदेश सरकारले निर्णय गरेपछि व्यवसायीलाई सहज भएको हो ।
प्रदेश सरकारले गरेको यसप्रकारको निर्णयले उद्योगी व्यवसायीलाई निकै सहज भएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । अब जरिवाना तिरेर २०७७ साल भदौ ३ गतेसम्म नवीकरण गर्नुपर्ने समय तोकिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here