Saturday, April 20, 2024
Homeविचारजनशक्ति र सामग्री जुटाउँदै

जनशक्ति र सामग्री जुटाउँदै

- Advertisement -spot_img

मंसिर १४ गते दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ । दाङमा क्षेत्र नम्बर ३ को (२) मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्षको पद गरी दुई पदमा लागि आगामी मंसिर १४ गते निर्वाचन गर्ने गरी तयारी तिब्र पारिएको दलहरू उम्मेदवार छनौटसँगै चुनावी गतिविधि सक्रिय बनाउँदै छन् भने सम्बन्धित कार्यालयहरूले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी थालेका छन् ।
उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रमा चुनावी सरगर्मी बढिसकेको छ । विशेषगरी दुई ठुला दल सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ भने अन्य साना दलहरूले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधि सक्रिय बनाउन थालेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायले चुनावलाई भव्य र सभ्य बनाउन विभिन्न योजना अघि सारेका छन् । मंसिर १४ को मिति नजिकिदै जाँदा सरोकारावाला निकायले चुनावलाई भव्य, सभ्य र सुरक्षित बनाउन के कस्ता योजना बनाएका छन् ? उपनिर्वाचनको तयारी के छ त ? लगायतका विषयमा सरोकारावाला निकायका प्रतिनिधिसँग टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप ।


बुद्धिबहादुर खत्री
प्रमुख
निर्वाचन कार्यालय, दाङ

दाङको घोराहीमा आइतबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उम्मेदवारको मनोनयन, उम्मेदवारी दर्ता, दाबी विरोध, अन्तिम नियमावली प्रकाशन गर्ने मुख्य निर्वाचन कार्यालयको टिमले गर्ने छ । हामीले मुख्य निर्वाचन कार्यालयलाई सहयोग गर्छौँ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतदान केन्द्रमा मतदानका लागि प्रयोग हुने निर्वाचन सामग्रीहरू व्यवस्थापन हामीले गर्ने छौँ । अहिले मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचन आयोगबाट केही निर्वाचन सामग्री प्राप्त भएको छ । केही आउने क्रममा नै छ ।
निर्वाचनका लागि प्रयोग हुने केही निर्वाचन सामग्री हामी यही खरिद गर्ने तयारीमा छौँ ।
मतदान केन्द्रमा खटाउने जनशक्तिको विवरण तयार गर्ने काम भएको छ । जिल्ला प्रशासनमा आवश्यक जनशक्ति विवरण पठाएका छौँ । आवश्यक जनशक्ति जिल्ला प्रशासनले एक साताभित्र जनशक्ति पठाउने छ । जिल्ला प्रशासनबाट आयो भने हामीले मुख्य निर्वाचन कार्यालयमा पठाउने छौँ । अहिले हामीले सामग्री व्यवस्थापनको काम नै गरिरहेका छौँ ।
निर्वाचन शान्तिपूर्ण हुनेछ भन्ने आशा लिएका छौँ । निर्वाचनलाई सभ्य र सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी पनि लागिरहेको छ । दाङको घोराही–१६ र प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को २ मा गरी ३४ मतदान स्थल रहने छन् भने ८२ मतदान केन्द्र कायम रहने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा पदका लागि दुई मतदान स्थल र पाँच मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा ३२ मतदान स्थल र ७७ मतदान केन्द्र तोकिएको छ ।
मतदाताको हिसाबले घोराही १६ मा ४ हजार ४५३ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा ६८ हजार ७१९ मतदाता रहेका छन् । बिगतमा पनि शान्त भएको छ चुनाव, यसपटकको चुनाव पनि भयरहित हुनेमा आशा गर्न सकिन्छ । उपनिर्वाचन भएका कारण पनि त्यति धेरै निर्वाचन हुने क्षेत्र पनि छैन् ।
सीमित ठाउँ भएका कारण पनि आवश्यक जनशक्ति पाइने छ र चुनावलाई शान्तिपूर्ण बनाउन सकिने छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय तुल्याउन निर्वाचन आचारसंहिताको बुँदाका अक्षरशः पालना गर्न तथा निर्वाचनका सरोकारवालाबाट समेत पालन गर्ने र गराउने विषयमा राजनीतिक दलबाट आयोगसमक्ष यसअघि नै लिखित प्रतिवद्धता आइसकेको छ । तोकिएकै मितिमा उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन आयोग अहिले तीव्र गृहकार्यमा जुटेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here