Thursday, April 18, 2024
Homeफिचरछिटुवा बेचेर डेढ लाख आम्दानी

छिटुवा बेचेर डेढ लाख आम्दानी

- Advertisement -spot_img

देउखुरी, ८ कार्तिक । सल्यान कपुरकोट गाउँपलिका–२ गर्पाका मनराज राना र उनकी श्रीमती दिलसरी राना आफूले बुनेका छिटुवा बेच्न यतिबेला देउखुरीको लमही आईपुगेका छन् । छिटुवा बेचेर बार्षिक डेढ लाखसम्म कमाउने गर्दछन् । पुरानो परम्परा झल्किने यो छिटुवा अहिले प्लाष्टिकबाट निर्मित भएका सामग्री प्रयोग हुन थालेपछि कम मात्रा मै प्रयोगमा आएको देखिन्छ ।
यो छिटुवा गाउँघरमा मकै, धान, गहँु, तोरीजस्ता अन्नबाली राख्नका लागि प्रयोग हँुदै आएको छ भने तिहारको समयमा माइती जाने र आउने छोरी चेलीले कोसेली पाहुर बोक्न पनि प्रयोग गर्ने गर्दछन् । रानाले आफै बुन्ने गर्दछन् र गाउँमा अन्य छिमेकीले बुनेको छिटुवा पनि खरिद गरेर जिल्ला बाहिर लगेर बेच्ने गर्दछन् । घरमै गएर किन्नेलाई दुई सयमा बेच्ने गरेका छन् रानाले ।
छिटुवा निर्माणका लागि झन्डै १५ घार खस्र्या र चिल्या जातको बाँस रोपेका छन् । निकै मेहनत गर्नुपर्छ, हात काट्ने, चोटपटक लाग्ने डर हुन्छ तर पनि पुर्खौदेखि बाबुबाजेले गर्दै आएको पेशा भएकोले छोड्न मन लाग्दैन रानाले भने ।
रानाले बुनेका छिटुवा बाँके, बर्दिया र धनगढीसम्म पुग्ने गरेका छन् । छिटुवा बुन्नेबाहेक उनले सल्यानको गर्पा बजारमा किराना पसलसमेत गरेका छन् । रानाको १० जनाको परिवार यही पेशाबाट मज्जाले पालेको बताए । गएको बर्षमा मात्र तीन हजार छिटुवा लमहीमा खपत भएको थियो ।
यस्तै अन्य जिल्लामा पनि सयाँै छिटुवाको माग भइरहेको तर माग अनुसारको पु¥याउन नसकेको उनले बताए । पहाडी जिल्लाभन्दा तराईतिर छिटुवाको माग बढी हुने गरेको उनको भनाई छ । उनीहरूले सामान ढुवानीका लागि एकवटा पिकअप भ्यानसमेत भाडामा लिएका छन् ।
उनीहरूको घरमा सानो किराना पसल पनि छ त्यो छोरीले हेर्ने गर्छिन् । जता–जताबाट छिटुवाको माग आउँछ म पनि श्रीमान् सँगसँगै जान्छु र यसैबाट आएको पैसाले छोराछोरीको पढाइ, लेखाई, औषधी उपचार र घर खर्चसमेत चलेको दिलसरीले बताईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here