Thursday, March 28, 2024
Homeफिचरचुनावी सरगर्मी, उम्मेदवार भोट माग्दै, मतदाता विकास

चुनावी सरगर्मी, उम्मेदवार भोट माग्दै, मतदाता विकास

- Advertisement -spot_img

दाङ, ३० कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका–१ का लालवीर आले उमेरले ७४ वर्षको भए । जीवनको उत्तरार्धमा रहेका आले यसअघि पनि विभिन्न चुनावमा सहभागी भएका छन् । उनले भोट हालेर जिताएका नेताले नोेट कति कमाए कुनै हेक्का त छैन् तर गाउँमा विकास सोचेअनुरूपको पाएनन् । मंसिर १४ गते हुने प्रदेशसभा सदस्य छनौटमा उनी फेरि सहभागी हुँदैछन् । उनी अहिलेको चुनावमा त्यागी र कर्तव्यनिष्ठ उम्मेदवारको खोजीमा छन् ।
‘कसैको जीवन बनाई दिनलाई भोट दिने होइन्, भोट भनेको जनताको सुख, दुखमा साथ दिने नेतालाई दिने हो’ उनले भने– ‘त्यसका लागि नेता अनुभवी र त्यागी नेता हुनुपर्छ ।’ यस्तै घोराही उपमहानगरपालिका–१६ की कल्पना सेनले पनि गाउँको विकास र जनताको सुख, दुःखसँग नजिक हुने समाधानमा तत्परता देखाउने प्रतिनिधि छनौट गर्ने तयारीमा छिन् । ‘चिनेको जानेको हुनुपर्छ, त्यस्तो नेतृत्व छनौट गर्ने हो, उनले भनिन्– ‘जनताको समस्यालाई आफ्नो समस्या जस्तै ठान्ने नेतृत्व छनौट गर्ने हो ।’
दाङमा मंसिर १४ गते प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदाता दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने तयारीमा छन् । मत माग्नका लागि घरदैलोमा रहेका उम्मेदवारलाई स्थानीय नागरिकले राज्य व्यवस्था परिवर्तन भएपनि आफूहरू अभावमै रहेको गुनासो गर्दै गाउँको विकासमा गम्भीर बन्नसमेत आग्रह गरेका छन् । उम्मेदवारलाई मतदाताहरूले आफूहरू अहिले पनि सामान्य आधारभूत आवश्यकताबाट बञ्चित रहनुपरेको गुनासो गरेका छन् । उपनिर्वाचन हुने क्षेत्रका नागरिकले गाउँमा भोट माग्न पुगेका उम्मेदवारलाई हरेक गाउँमा विकास के दिनुहुन्छ ? भनेर प्रश्न गर्ने गरेका छन् ।

उपनिर्वाचन हुने क्षेत्रका नागरिकले गाउँमा भोट माग्न पुगेका उम्मेदवारलाई हरेक गाउँमा विकास के दिनुहुन्छ ? भनेर प्रश्न गर्ने गरेका छन् ।


प्रदेशसभा सदस्यका लागि काँग्रेसका तर्फबाट उम्मेदवार बनेका केशवराज आचार्यलाई तुलसीपुर–१ का प्रेमबहादुर खत्रीले भने– ‘हामी भोट दिन तयार छौँ, तर हामीहरूलाई विकास के दिनुहुन्छ ? उनले आफूले यसअघि अरू नेतालाई धरै पटक भोट हालेर जिताएको स्मरण गर्दै भोट माग्न आउने उम्मेदवारलाई गाउँको विकासमा गम्भीर बन्न आग्रह गर्ने गरेको बताए । ‘ यसअघि पनि विभिन्न नेताहरूलाई भोट हालेर धेरै पटक जिताइयो तर हामीहरूले देखिने गरी विकास त केही पाएनौँ’ उनले भने– ‘भोट माग्न आउने अधिकांश नेताहरूले जितेर गएपछि हामीलाई भुल्ने गरेका छन्, तपाईमा त्यस्तो हुने छैन् ।’

उपनिर्वाचन हुने क्षेत्रका अधिकांश नागरिकले गाउँ–गाउँमा मत माग्न पुगेका उम्मेदवारलाई सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् । चुनावको मिति नजिकिदै गर्दा दलहरूका उम्मेदवार र स्वतन्त्र उम्मेदवार घरदैलो भेटघाटमा पुगेको समयमा नागरिकले गाउँको सामान्य आधारभूत आवश्यकता पूरा गरिदिनुपर्ने शर्त राखेका छन् ।
बबई गाउँपालिका–५ दिलबहादुर घर्तीले नेताहरूले जितेर गएपछि गाउँलाई बिर्सने गरेको भन्दै गाउँको विकास र जनताको समस्यामा अग्रसर हुने नेतृत्वलाई भोट दिने बताए । ‘जनताका समस्यासँग नजिक हुने र समाधान गर्ने नेतृत्व चाहिएको छ’, उनले भने– ‘जसले जितेर गएपनि जनताको नुन र गुण नभुलिदिनुहोला ।’ बबई गाउँपालिकाका–५ का मानबहादुर चौधरीले भने– ‘वर्षौँदेखिको खानेपानीको समस्यामा छौं, खानेपानीको समस्या समाधानमा नेताहरूको ध्यान पुगोस् ।’ चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारले मतदाता भेटघाटमै व्यस्त बनेका छन् । मतदाता पनि दक्ष, योग्य र सक्षम उम्मेदवारको खोजीमा छन् ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा १२ राजनैतिक दलका तर्फका उम्मेदवार र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावी मत परिणाम आफ्नो पक्षमा पार्न १४ जना उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त बनेका छन् । प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट केशव आचार्य, नेकपाका तर्फबाट बिमलाकुमारी खत्री, समाजवादी पार्टीबाट डिल्ली बहादुुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपाल रावत, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्र केसी लगायतका उम्मेदवार चुनावी प्रचार–प्रसारमा लागेका छन् ।
चुनावी प्रतिस्पर्धामा १४ जना उम्मेदवार रहेपनि विशेषगरी सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै घोराही वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि पाँच राजनैतिक दल र २ स्वतन्त्र गरी सातजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट ताराबहादुर डाँगी, नेकपाबाट सुरेशबहादुर केसी लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here