Saturday, April 13, 2024
Homeफिचरचिसो बढ्यो

चिसो बढ्यो

- Advertisement -spot_img

घोराही, २७ मंसिर । बिहीबार बिहानैबाट चिसो बढेको महसुस भएको छ । अन्य दिनको तुलनामा चिसो बढेको महसुस भएको हो । सामान्यत पुस महिनादेखि चिसो बढ्ने भएपनि मंसिरको अन्तिम सातामा चिसो बढेको महसुस गरेका छन् ।
बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ ।
बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएपछि चिसो बढेको मौसमविद्ले जनाएका छन् । चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।
चिसो बढेसँगै धुम्म बादल लागेको छ भने घाम दिनभर लागेन । पश्चिम भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम कार्यालयको अनुमान छ ।
मौसम विभागका अनुसार शनिबारपछि मौसममा सुधार आउने छ । मौसममा आएको बिहीबारदेखिको बदलीले यहाँका जनजीवन प्रभावित भएको छ ।
मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविद्को प्रक्षेपण छ । मौसम पूर्वानुमान विभागका मौसमविद्का अनुसार यो बीचमा देशका अधिकांश भूभागको तापक्रममा गिरावट आई चिसोसमेत बढ्नेछ ।
चिसो बढेसँगै बिहानैदेखि आगो तापेर न्यानो बनाएका छन् भने काम पनि प्रभावित भएका छन् । बिहीबार दाङको तापक्रम अधिकतम १९.२ डिग्री सेल्सियस मापन रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराहीले जनाएको छ ।
कार्यालयको अनुसार न्यूनतम १०.०० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । बुधबार भने दाङको तापक्रम २१.५ डिग्री सेल्सियस रहेको कार्यालयले जनाएको छ ।
एकैपटक मौसममा परिवर्तन आएपछि चिसो बढेको भन्दै हिडडुल गर्न समेत कम भएको छ । ‘अन्य दिनको तुलनमा बिहानैदेखि चिसो बढेको महसुस भएको छ’ घोराहीकी मनिषा विकले भनिन् ‘घाम पनि लागेन् ।’
चिसो बढेपछि आगो तापेर, न्यानो कपडा लगाएर न्यानो बनाउने गरेको उनले बताईन् । ‘बिहीबारदेखि चिसो मौसम शुरू भयो नारायणपुरका रमेश पोख्रेलले भने ‘चिसो बढेपछि दैनिकी काम गर्न गाह्रो भएको छ । चिसो बढेपछि घर बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन् ।
चिसोमा घरभित्रै बसेर आफूलाई न्यानो बनाउने, तातो झोलिलो खानेकुराहरू खाने, न्यानो कपडा लगाउन सुझाव दिएका छन् । चिसो समयमा न्यानो बनाउनको लागि हिटरको प्रयोग बढ्दै गएकाले त्यसमा सचेत हुन पनि अनुरोध गरेका छन् ।
हिटर प्रयोग भएको स्थानमा भेन्टिलेसन राख्ने, भेन्टिलेसन नभएको अवस्थामा निसासिएर ज्यानै जान सक्ने खतरा पनि हुने सुझाव दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here