Tuesday, March 26, 2024
Homeफिचरचारजना विरुद्ध सार्वजनिक मुद्दा

चारजना विरुद्ध सार्वजनिक मुद्दा

- Advertisement -spot_img

होलीमा ५९ जना पक्राउ …
दाङ, ९ चैत । जिल्ला प्रहरी कार्यालय दाङले चारजनालाई सार्वजनिक मुद्दा चलाएको छ । फागुपूर्णिमा (होली)को दिन जबरजस्ती रङ लगाएको र कुटपिट गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाएको हो । जबरजस्ती होली दल्ने, लोला हान्ने, होहल्ला गरेर शान्त वातावरणमा खलल पु¥याउने ५९ जनालाई जिल्ला प्रहरीले कार्यालयले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जरिवाना तिराएर छोडीसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै होलीको दिन जबरजस्ती होली दल्ने १८ बर्षीय केशर बस्नेतलाई सार्वजनिक मुद्दा चलाएको छ । त्यसैगरी उनीसँगै संलग्न माधव वलीलगायतका युवाहरु फरार छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी शोभा चौधरीलाई जबरजस्ती होली दल्दा उनको दाजु जीतबहादुर चौधरीले होली नदल्न अनुरोध गर्दा कुटिएका थिए ।
बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा होली खेल्न निस्किएको युवाहरुको समूहबाट कुटिएका हुन् । चौधरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको र घर बिदामा आएको समयमा होली खेल्न निस्किएको समूहबाट कुटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वेलबहादुर पाण्डेले जनाएका छन् ।

होलीको दिन जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती रङ दल्ने, लोला तथा अण्डा हान्ने, अत्याधिक मात्रामा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने ५९ जनालाई पक्राउ गरेको छ ।


होली खेल्न निस्किएका युवाले जबरजस्ती लखेटी–लखेटी अविर दल्न थालेपछि दाजुले त्यसो नगर्न आग्रह गर्दा समूहले कुटपिट गरेको हो । घाइते चौधरीको प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागि बाँके लगिएको थियो । अहिले उनको नेपालगंजको नर्सिङ होमा उपचार भइरहेको छ ।
त्यस्तै होलीको दिन घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकालाई सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख पाण्डेले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी–लखेटी चिर्पटले कुटेर घाइते तुल्याएका थिए । बिहीबार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका, संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी–लेखेटी हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको प्रहरी प्रमुख पाण्डेले बताए ।
कुटपिटमा संलग्न रहेका वडा सदस्य रोकालाई सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट सुनारको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको पनि प्रहरीले बताएको छ । होलीको दिन जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती रङ दल्ने, लोला तथा अण्डा हान्ने, अत्याधिक मात्रामा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने ५९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई एकदिन हिरासतमा राखेर डबल जरिवाना तिराएर छोडेको बताए । त्यसैगरी मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने ९४ वटा मोटरसाइकल, १२ वटा स्कुटी दुईवटा कार, छवटा अटोरिक्सा र दुईवटा ट्याक्टरलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । होली मनाउने क्रममा छवटा सवारी दुर्घटनासमेत भएको थियो । होलीमा जबरजस्ती लोला हान्ने, रङ दल्नेलगायतका कार्य गरेमा गृह मन्त्रालयले सार्वजनिक मुद्दा चलाउन आदेश समेत दिएको थियो ।
दाङमा जथाभावी होली खेल्ने क्रममा पक्राउ परेकाहरु तीनजना बाहेक अन्यलाई जरिवाना तिराएर छोडेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले होलीको दिन मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै ट्राफिकको नियम विपरीत चलाउने १ सय ४१ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुवरले जनाएका छन् । त्यसमध्यबाट राजस्व संकलन कति भएको छ ? भन्ने एकीन डाटा छैन् । ‘हामीले ट्राफिकको नियम विपरीत सवारी साधन चलाउनेहरुलाई कारवाही तथा नियन्त्रणमा लिएका हाँै’ ट्राफिक प्रहरी प्रमुख कुवरले भने ‘सबैले अझै जरिवाना बुझाएका छैनन् ।’ होली पर्वमा जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षाको व्यवस्था समेत गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here