Friday, April 19, 2024
Homeफिचरघोराही उपमहानगरले सार्वजनिक सुनुवाई गर्ने

घोराही उपमहानगरले सार्वजनिक सुनुवाई गर्ने

- Advertisement -spot_img

घोराही, २५ असार
घोराही उपमहानगरपालिकाले प्रवाह गर्ने सेवा सुविधालाई थप सहज र व्यवस्थित बनाउन नगरबासीको राय सुझाव लिने भएको छ । उपमहानगरले यही असार २९ गते सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरबासीको राय सुझाव लिने भएको हो ।
घोराही उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय विकासमा नागरिकहरुको सहभागितामा कर्तव्यवोध गराउने गरी सार्वजनिक सुनुवाई गर्न लागेको जनाएको छ । सुशासन र पारदर्शीता अभिवृद्धि गर्दै नागरिकहरुप्रति जवाफदेही बन्न, स्थानीयस्तरमा उपलब्ध कार्यक्रम, बजेट तथा योजना छनोट, कार्यान्वयन र अनुगमनमा प्रभावकारिता ल्याउने उद्देश्य अनुरुप स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको प्रवक्ता भरत अर्यालले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङले सेवाग्राही अभिमत र नागरिक प्रतिवेदन पत्रको लागि कार्य सम्पन्न गरिसकेको छ । यही असार २९ गते हुने दिउँसो १ बजे उपमहानगरपालिकामा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here