Tuesday, April 16, 2024
Homeफिचरघर–घरमा चेतनामूलक सूचना

घर–घरमा चेतनामूलक सूचना

- Advertisement -spot_img

सल्यान, १३ पुस । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आकस्मिक सम्पर्क नम्बर र चेतनामूलक सन्देशहरू समावेश गरेर तयार पारेको स्टिकर सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बीच स्टिकर टासेर सार्वजनिक गरिएको हो ।
स्टिकरमा विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयका सम्पर्क फोन नम्बरहरूसहित बनगाड कुपिण्डे नगरपालिकाभित्रका अति आवश्यक कार्यालयहरूको र व्यक्तिको सम्पर्क फोन नम्बरहरू राखिएको छ ।
साथै स्टिकरमा जिल्ला अस्पताल, नगरपालिका कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र विद्युत कार्यालयको सम्पर्क फोन नम्बरहरू पनि समावेश गरिएको छ ।
स्टिकरमा ‘आत्महत्या कायरता हो, २० बर्ष पूरा भई विवाह गर्नु र गराउनु दण्डनीय अपराध हो, बाल मजदुरी हटाआँै, बालबालिकालाई विद्यालय पठाऔँ, सभ्य शान्त समाज निर्माणमा सहभागी बनौं’ भन्ने लगायतका चेतनामूलक नाराहरू समेत लेखिएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको १२ वटै वडाका ६ हजार ४ सय २६ घर र पसलहरूमा उक्त स्टिकर टाँसिने नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुन, प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला पार्टी सचिव कर्णबहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का,
ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज प्रे बहादुर बोहरालगायत वडा अध्यक्ष पार्टी प्रतिनिधि स्थानीय व्यक्तिलगायतले नगरपालिकाको मुख्य व्यापारी केन्द्रको प्रतिक्षालयमा र पसलमा उक्त स्टिकर टाँसेर स्टिकर सार्वजनिक गरेका हुन् ।
आकस्मिक रूपमा प्रहरी प्रशासन, गाडी दुर्घटना, आत्महत्या, स्वास्थ्य समस्यालगायतका सेवा लिनुपरेमा नागरिकहरूलाई सहज बनाउने उद्देश्यका साथ नगरपालिकाको र जिल्ला प्रहरी कार्यालयको समन्वयमा प्रत्येक घर–घरमा टाँस्नको लागि स्टिकर तयार गरिएको नगर प्रमुख पुनले बताए ।
सामाजिक सद्भाव, शान्ति सुव्यवस्था कायम गर्न, विभिन्न प्रकारका अपराधहरू निरूत्साहित तथा न्यूनीकरण गर्नको लागि स्टिकर टाँस्ने अभियानले सहयोग पु¥याउने उपप्रमुख मञ्जु यरीले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here