Friday, March 29, 2024
Homeसमाजघरबाटै घरेलु हिंसाको अन्त्य

घरबाटै घरेलु हिंसाको अन्त्य

- Advertisement -spot_img

तुलसीपुर, १४ चैत । घरेलु हिंसाको अन्त्य घरबाटै गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको उनीहरुले गुनासो गरे । हिमाल, पहाडदेखि तराईसम्म, उच्च घरानियादेखि सुकुम्बासी झुपडीसम्म सबैको अवस्था उस्तै छ ।
नेपाल प्रहरीको केन्द्रीय कार्यक्रमअन्तर्गत शहर, गाउँ र नगर, टोल–टोलमा नेपाल प्रहरी भन्ने नारासहित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ४ माथिल्लो हलवारमा मंगलबार एकदिने घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी चौकी खाद्रेका प्रमुख प्रहरी सहायक निरीक्षक सुन्दरराम चौधरीले घरेलु हिंसा, बालविवाहजस्ता सामाजमा हुने आपराधिक क्रियकलाप रोक्न आफूहरु सधै चनाखो भएर काम गरिरहेको बताए ।
हिंसा सानो र ठूलो नहुने भन्दै घरमा सासूले बुहारीलाई र बुहारीले सासूलाई गर्ने अमानवीय क्रियाकलाप पनि घरेलु हिंसा रहेको उनले बताए । उनले समाजमा हुने तमाम किसिमका समस्याहरुलाई सामान्य रुपमा नलिन समेत अनुरोध गरे ।
साथै उनले बालविवाह न्यूनीकरणमा समेत परिवारले ध्यान दिनुपर्ने बताए । बालविवाह गर्ने र गराउने जो कसैलाई पनि कानुन अनुसार कारवाही गरिने उनले बताए ।
यदी त्यस्तो अपराधिक क्रियाकलाप भएको पाइएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत अनुरोध गरे । मथिल्लो हलवार टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर रानाको अध्यक्षता तथा समाजसेवी गणेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५० जना बढी महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here