Thursday, March 28, 2024
Homeविचारगौरवमय तेस्रो वर्ष

गौरवमय तेस्रो वर्ष

- Advertisement -spot_img

साना–साना कुराले पनि कहिले धेरै खुसी दिन्छ । खुसीले गौरवाम्वित बनाइरहन्छ । बच्चा जन्मिएपछि हरेक पाइलामा उसका गौरवका नयाँ योजना र कृतिहरू रचिदै जान्छन् । ती पाइलैपिच्छे रोचक गम्भीर सोचनीय पनि हुन्छन् ।
त्यो बनाउने लक्ष्यमा लाग्नु सफलता हो । सोचाई पनि त्यह िलिन अनिवार्य छ । हरेक पाइला महत्वपूर्ण, गौरवमय बनाउन विभिन्न पक्ष, तत्व र सोंचको अहम् भूमिका रहने छ ।
त्यसलाई अंगाल्न सकेमा हरेक परिस्थिति सहजरूपमा सफलताको शिखरमा पुग्ने गर्छ । पत्रकारितामा धर्म, मर्म, इथिक्सलाई आत्मसात् गर्नुपर्छ ।
पत्रकारितालाई विकास र समृद्धिसँग जोड्ने लक्ष्य बोकेर हामी जन्मिएको तीन वर्ष शुरू भएको छ । प्रदेश टुडे राष्ट्रिय दैनिकले आजदेखि तेस्रो पाइलाको आरम्भ गरेको छ ।
यो अवस्थासम्म ल्याएर हामीलाई गौरवान्वित गराउने अभियानमा सहभागी सबैप्रति हामी नमन छौँ । आभारी छौँ, निरन्तरताको अपेक्षा पनि गर्दछौँ ।
कम स्रोत साधनका बावजुद दैनिक पत्रिकाको प्रकाशन कठिन छ । त्यसमा पनि हामीभन्दा दशकौँ पूरा सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा जानु झनै कठिन हुने नै भयो ।
धर्म, मर्म र इथिक्समा रहेर समृद्धिको खोजीमा उदाएको एउटा पालुवाले गौरवमय तेस्रो वर्ष पार गर्नु सामान्य थिएन र छैन पनि ।
चुनौतीका बीच पनि दुई वर्षको अवधिमै सबैमा परिचित हुन सक्नुनै मुख्य उपलब्धि ठानेका छौँ । यो खुसी बाँड्न पाउदा हर्षित पनि छौँ । अत्यन्त उत्साहित पनि त्यत्तिकै छौँ ।
यो गौरव, उत्साहमा साथ दिनु हुने सहयोग गर्नु हुने र हाम्रो उत्साहलाई जाँगरमा परिणत गरिदिनु हुने सबैप्रति नमन छौँ । यो उत्साहले हाम्रो पाइलालाई अनवरत र अविरामसम्म लैजाने छ ।
हाम्रो उद्देश्य, लक्ष्य यतावत छ । जुन हामीले स्थापना हँुदै गर्दादेखि नै प्रण गरेका थियौँ, त्यो प्रणलाई हामीले भुलेका छैनौँ ।
प्रजातन्त्रदेखि गणतन्त्र हँुदै संघीय संरचना संस्थागत गर्न हाम्रा कलम निरन्तर रहनेछन् । राज्य संरचनाको संस्थागत तथा परिवर्तनबाट प्राप्त ऐतिहासिक र अलौकिक उपलब्धिहरूको रक्षार्थ र समृद्धिका लागि हाम्रा कलम अनवरत रहने छ ।
आम नागरिकलाई सुसूचित गर्ने मुख्य उद्देश्य बोकेर उत्तरदायित्व बहन गर्दै मोफसलमा व्यावसायिक पत्रकारिताको संस्थागत विकासमा धेरथोर सफल भएको ठानेका छौँ ।
स्थानीय विषयवस्तुको प्राथमिकता र जल्दै आएको हाम्रो पत्रकारितामा केही नयाँ आयामहरूलाई स्थापित गर्न हामी कटिवद्ध छौँ ।
जिल्लामा पत्रकारितामा नभएका र पाठकलाई आवश्यक खुराक दिने गरी केही नयाँ अभ्यास हामीले सिर्जना गरेका छौँ यसले थप उर्जा दिएको छ ।
छापा माध्यममा मात्रै हैन हामी डिजिटल माध्यममा पनि आइरहेका छौँ । पाठकलाई छिनछिमै सूचना पुग्ने गरी हाम्रो डिजिटल प्रकाशन धधध। भउचबमभकजतयमबथ।अयm पनि सञ्चालनमा छ ।
यसलाई यो वर्षदेखि अझ प्रभावकारी बनाउने सोंच राखेका छौँ । हाम्रो उर्जालाई यहाँहरू सबैको साथ रहेमा विग मिडिया हाउस बनाउने लक्ष्य टाठा जाँदैन ।
पत्रिका प्रकाशनमा हरेक पलमा सँगसँगै रहेका हाम्रा शुभचिन्तक, सम्पूर्ण पाठक, विज्ञापनदाता, आम नागरिकप्रति नतमस्तक छौँ । यहाँहरूको सहयोग र योगदानको मूल्याङ्कन गर्ने सक्ने मापनकेन्द्र हामीसँग छैन ।
सबैलाई सम्मानका साथ सम्झिन चाहन्छौँ । लेखकहरू जो हाम्रो पत्रिकामार्फत आमपाठकलाई वैचारिक बहसमा सामेल गराईरहनु भएको छ । उहाँहरू पत्रिकाको आदर्श हो । समृद्धिको अभियानलाई सफल बनाउन,
नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यम सिर्जना गर्ने र पत्रिकालाई स्थापित गर्न अहोरात्र खटिने सम्पादकीय नेतृत्व, पत्रकार साथीहरू, सबै कर्मचारीप्रति आभार छ ।
प्रकाशन हुँदा गरिएका सैद्धान्तिक प्रतिवद्धताहरू हाम्रा लागि मार्ग दर्शन हुन् । ति प्रतिवद्धताबाट हामी पछि हटेका छैनौँ र, हट्ने पनि छैनौँ ।
आममानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो मिसनसँगै विधिको शासन र लोकतान्त्रिक समाज निर्माणमा हाम्रो प्रतिवद्धता हो ।
सम्पादकीय नीतिअनुरूप सीमित श्रोत र साधनको अधिकतम् उपयोग गरेर आमपाठकको रूचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ होला ।
हाम्रा कमी कमजोरीले गर्दा पाठकमा पुग्न गएको असरप्रति क्षमायाचना गर्दछौँ । र, आगामी दिनहरूमा कमिकमजोरीहरू सुधार्दै लैजाने छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here