Tuesday, March 26, 2024
Homeफिचरगोरखा स्कुललाई इन्टरनेशनल अवार्ड

गोरखा स्कुललाई इन्टरनेशनल अवार्ड

- Advertisement -spot_img

तुलसीपुर, ११ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँमा रहेको गोरखा सेकेन्डरी स्कुलले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । शैक्षिक सिकाइ उपलब्धिका आधारमा विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको पाठ्यक्रमको आधारमा विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको सिकाइ उपलब्धि हासिल गरेपछि विद्यालयले इन्टरनेशनल अवार्ड प्राप्त गरेको विद्यालयका प्राचार्य विजय जीएमले बताए ।
‘गोरखाले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्नु भनेको अब हाम्रा विद्यार्थीले अन्तर्राष्ट्रियस्तरका समुदाय सँगसँगै पढ्न सक्छन् भन्ने गतिलो प्रमाण हो’ उनले भने ‘शिक्षण सिकाइको आधारमा विद्यालयले अन्र्राष्ट्रियस्तरको शैक्षिक सिकाइ उपलब्धि हासिल गरेको छ ।’
शैक्षिक गुणस्तरमा विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै गएको गोरखाले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको स्कुल अवार्ड प्राप्त गरेपछि शैक्षिक सफलतामा अर्को खुड्किलो पार गरेको प्राचार्य जिएमले बताए ।
यसैबीच इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थी तथा अभिभावकलाई खुसी बाँडेको छ ।
विद्यालयका प्राचार्य बिजय जीएमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा समितिका संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम भएको हो ।
त्यस अवसरमा विद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शिक्षण सिकाइ गर्ने शिक्षक, शिक्षिकालाई सम्मानसमेत गरेको छ । विद्यालयले ९ जना शिक्षक शिक्षिकालाई प्रमाणपत्रले सम्मान गरेको थियो ।
विद्यालयका एकेडेमिक डाइरेक्टर दुर्गाबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको गुणस्तरतालाई गुणात्मक रुपमा लैजान आग्रह गरेका छन् ।
सहभागीले विद्यालय जिल्लामै शैक्षिक गुणस्तरमा नमुना भएको उल्लेख गर्दै अवार्डको साख जोगाई राख्नसमेत आग्रह गरे । कार्यक्रममा प्रमुख आतिथि संयोजक विश्वकर्माले विद्यार्थीको सिर्जनशीलतालाई जोड दिएर शिक्षण सिकाइ गर्न सकेमात्रै शिक्षामा गुणस्तरता आउने बताए ।
‘विद्यार्थीलाई घोकाएर होइन््, उसको सिर्जनशीलता अर्थात् विद्यार्थीको इच्छा र रुचिलाई ध्यान दिए मात्रै शैक्षिक उपलब्धि हासिल गछौँ’ उनले भने ‘विद्यार्थीलाई डर तथा धम्कीले भन्दा पनि माया गरेर शिक्षण सिकाउने वातावरणको सिर्जना गरौँ ।’
कार्यक्रममा अभिभावक प्रितम श्रेष्ठ, विद्यार्थी जीवन बोहरा लगायतले बोल्दै विद्यालयको सफलता नै आफूहरुको सफलता भएको बताए । विद्यालयका प्रोजेक्ट संयोजक कमल भण्डारीले विद्यार्थी र
शिक्षकको प्रयासबाट मात्र नभई सबै विद्यालय परिवारको सहयोगका कारण विद्यालयले अवार्ड जित्न सफल भएको बताए । कार्यक्रमको सहजीकरण पूर्णविक्रम डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here