Thursday, April 11, 2024
Homeफिचरगोरखा लमहीद्वारा विद्यार्थीलाई परामर्श र स्वागत

गोरखा लमहीद्वारा विद्यार्थीलाई परामर्श र स्वागत

- Advertisement -spot_img

लमही, ६ साउन
कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा भर्ना भएका विद्यार्थीहरुलाई गोरखा बोर्डिङ स्कुल लमहीले परामर्शसँगै स्वागत गरेको छ । आइतबार लमहीको सत्यसाई चलचित्र मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई परामर्श प्रदान गरिएको हो । कार्यक्रममा शैक्षिक अभियान्ता रविन्द्र बस्नेत र वसन्तबहादुर पुनले फरक–फरक विषयमा विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका हुन् ।
गोरखा बोर्डिङ लमहीका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता एवं गोरखा एजुकेशन ग्रुपका सिईओ नवल जिएमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिएमले गोरखा एजुकेशन ग्रुपसँग प्रसस्त अनुभव र धैर्यता रहेको बताए । उनले स्वस्थ जनशक्ति उत्पादन गर्ने योजनाका साथ गोरखा एजुशेकन ग्रुप विगत २० वर्षदेखि सेवारत रहेको बताए ।  कार्यक्रममा तुलसीपुर गोरखा स्कुलका सिईओ दुर्गाबहादुर केसी, लमही गोरखा स्कुलका सिईओ डा.जीवराज आचार्य, गोरखा स्कुल लमहीका विज्ञान सङ्काय संयोजक प्रकाश रिजाल, व्यवस्थापन सङ्कायका संयोजक प्रकाश ओलीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । गोरखा स्कुल लमहीका प्राचार्य लोकमान रिजालको स्वागत र विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजिरकण शिक्षक एचएन पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here