Tuesday, March 26, 2024
Homeफिचरगोरखामा इन्ट्रयाक्ट क्लव पुनर्गठन

गोरखामा इन्ट्रयाक्ट क्लव पुनर्गठन

- Advertisement -spot_img

तुलसीपुर, २१ साउन । रोटरी क्लव अफ तुलसीपुर सीटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३४ सदस्यीय इन्ट्रयाक्ट क्लव पुनर्गठन गरेको छ । क्लवको उपाध्यक्षमा जीवन बुढा मगर, सचिवमा धिरेन गौतम, कोषाध्यक्षमा प्रतिक्षा भट्टराई र सहसचिवमा माईकल न्यौपाने सर्वसम्मत चयन भएका छन् । कार्यक्रम रोटरी क्लव अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता एवं गोरखा बोर्डिङका प्राचार्य विजय जिएमको प्रमुख आतिथ्यतामा भएको थियो । क्लवका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिएमले नवगठित क्लवका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गरे । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष कुशल तर्तालले इन्ट्रयाक्ट क्लवको बारेमा जानकारी गराएका थिए ।
कोषाध्यक्ष सन्दिपन रिजाल र गोरखा स्कुल कक्षा ९ र १० का संयोजक बामदेव सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here