Monday, April 15, 2024
Homebreaking-news‘गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाऔं’

‘गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाऔं’

- Advertisement -spot_img

दंगीशरण, १२ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गाउँपालिकालाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
उनले दाङमा थारू समुदायको बाहुल्यता रहेकोे भन्दैै यहाँको मौलिक परम्परा, संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न जरूरी रहेको बताए ।
आइतबार दंगीशरण गाउँपालिका वडा नं. ३ रानीवनमा थारू कल्चरल भिलेजको शिलान्यास गर्दै उनले थारू समुदायको मौलिक परम्परा र संस्कृतिलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न जरूरी रहेको बताए ।
प्रदेश सरकारको २ लाख लागतमा निर्माण हुन लागेको भिलेजको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले थारू कल्चरल भिलेजलाई पर्यटन प्रवद्र्धनको रूपमा विकास गर्नुपर्ने बताए ।
थारू समुदायका विविध संस्कृतिलाई अगाडि बढाउनका लागि थारू कल्चरल भिलेज महत्वपूर्ण हुने उनले बताए । ‘यस क्षेत्रमा कल्चरल भिलेजसँगै होमस्टे पनि आवश्यक देखिन्छ’ उनले भने
‘यसका लागि स्थानीय समुदायले चासो दिन जरूरी छ ।’ आफ्नोस्तर माथि उठाउनका लागि थारू संस्कृति र मौलिकतालाई नयाँ गन्तव्यतिर लैजान जरूरी रहेको बताए ।
गाउँपालिकामा थारू समुदायको बाहुल्यता रहेको बताउँदै थारू समुदायको शासन र व्यवस्थालाई पहिचानको रूपमा संरक्षण र प्रवद्र्धन गर्दै लैजान आग्रहसमेत गरे ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले थारू उक्त भिलेज परिसरमा समुदायको संस्कृति झल्कने घर, पिकनिक स्पोट र बालबालिकाहरूका खेल स्थलको समेत व्यवस्था गर्ने बताए । भिलेज आगामी असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौताअुनसार जय भवानी निर्माण सेवा कोहलपुरले जिम्मा लिएको छ ।

सभाहलको शिलान्यास

यसैबीच मुख्यमन्त्री पोख्रेलले गाउँपालिकाको सभाहलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको १ करोड २० लाखको लागतमा निर्माण हुन लागेको सभाहलको आइतबार शिलान्यास गरेका हुन् ।
स्थानीय नागरिकहरू जमघट हुने ठाउँ र विपद्को समयमा नागरिकलाई राहत प्रदान गर्न सकिने नीतिअनुसार सभाहल निर्माण गर्नुपर्ने उनले बताएका छन् ।
यस्तै गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले सुविधा सम्पन्न सभाहल निर्माण गर्ने नीतिअनुसार नै सभाहल निर्माण गर्न लागिएको बताए ।
करिव तीन सय मानिसहरू अटाउन सक्ने क्षमता भएको सभाहल निर्माण गर्न लागिएको उनले जानकारी दिए । भवन आगामी वर्ष २०७७ माघ मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौताअनुसार ऋषि कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here