Friday, March 29, 2024
Homeफिचरगाउँपालिकाको गाडीमा आगजनी

गाउँपालिकाको गाडीमा आगजनी

- Advertisement -spot_img

तुलसीपुर, २७ साउन । दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी भएको छ । बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने रा १ झ १५२ नम्बरको बलेरो पिकप गाडी गाउँपालिकाको पार्किङ घरमा राखेको अवस्थामा आइतबार बिहान पौने १ बजे आगजनी गरिएको दाङ प्रहरीले जनाएको छ ।
वडा नम्बर ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हँुदा गाडी पूर्णरुपमा जलेर नष्ट भएको दाङ प्रहरी प्रमुख बेल बहादुर पाण्डेले बताए । गाडी पार्किङ गरी राखेको ठाउँ र अवस्था संवेदनशील रहेछ ।
गाडीको पेट्रोल ट्याङ्कीमा आगो लाग्न पाएन र ठूलो दुर्घटनाबाट बचियो प्रहरी प्रमुख एसपी पाण्डेले भने ट्याङ्कीमा आगो पुगेको भए ठूलै क्षति हुने रहेछ ।
गाडीसँगै सर्वसाधारणका घरहरु, बाख्रा खोर वडा कार्यालय रहेछ । समयमै हामी पुगेर नियन्त्रण गरौँ । एसपी पाण्डेले गाउँपालिकाको आगजनी विप्लव समूहबाट नै भएको हुन सक्ने बताए । हामीले अनुसन्धान त्यतै केन्द्रित गरेका छाँै,
वस्तुस्थिति र परिस्थिति हेर्दा त्यहि समूहले गरेको देखाउँछ । उनले विप्लवको विशेष क्षेत्रको रुपमा बंगलाचुली रहेको दस्तावेज समेत भेटिएकाले र दाङमा पनि आफ्नो गतिविधि देखाउने उद्देश्यले आगजनीको घटना घटाइएको हुन सक्ने बताए । ‘चन्दाको माग भएको र गाउँपालिले बेवास्ता गरेको पनि देखिन्छ’ उनले भने ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले गाउँपालिकाको गाडीमा आगजनी भएको बताए । उनले आफूले प्रयोग गर्ने गाडी पार्किङमा राखेको अवस्थामा आगजनी गरिएको बताए । ‘कसले आगजनी ग¥यो त्यो त भन्न सक्ने अवस्था छैन ?’
वलीले भने, ‘राति आगजनी भएको छ । गाडी पूर्णरुपले क्षति भएको छ  ।’ अध्यक्ष वलीले विप्लव समूहले दुई महिना अघि गाउँपालिकाबाट ५ लाख रुपैयाँ चन्दा माग गरेको बताए । सबै जनप्रतिनिधिको तर्फबाट हामीलाई सहयोग गर्नुप¥यो भन्दै ५ लाख मागेका थिए, अध्यक्ष वलीले भने, ‘हामीले कहाँबाट र कसरी पैसा दिनु भनेर दिन सक्दैनौ’ भन्यौँ ।
गाउँपालिका स्रोतका अनुसार यो विषयमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष सबै बसेर छलफलसमेत गरेका थिए । त्यसपछि फोनबाट समेत माग गरिएको थियो । फोनमा समेत डिल हुने गरेको भए पनि त्यसले पूर्णता पाएको थिएन ।
उँपालिकाबाट गत वर्ष पनि संस्थागत रुपमा नै विप्लव समूहले चन्दा सहयोग लिएको गाउँपालिका स्रोतले बताएको छ । एक वर्षको अवधिमा यसअघि दाङमा विप्लवले हिंसात्मक घटना नघटाएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here