Friday, April 19, 2024
Homeफिचरगाउँको आवश्यकता सहरले पूरा गर्नुपर्दछः मुख्यमन्त्री

गाउँको आवश्यकता सहरले पूरा गर्नुपर्दछः मुख्यमन्त्री

- Advertisement -spot_img

तुलसीपुर, १६ पुस । गाउँको आवश्यकतालाई सहर र सहरको आवश्कता गाउँले पूरा गर्नुपर्ने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रलले बताएका छन् । सहर विकसित र समृद्ध भयो भने गाउँ समृद्धको बाटोमा लाग्ने र आवश्यकता पूरा गर्न सक्ने बताए । उपमहानगरपालिका हुनुको औचित्य पूरा गर्नका लागि सर्वप्रथम गाउँको र सहरलाई समानुपातिक तरिकाले विकास गर्दै लैजानुपर्ने पोख्रेलले बताए । तुलसीपुर उपमहानगरपालिकाले आइतबार आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले त्यस्तो बताएका हुन् । पोख्रेलले जनसंख्याको आधारमा नभई आवश्यकताको आधारमा नगरको स्वरूप परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रमको दीगो संरचना, व्यवस्थित पूर्वाधार र सहरीकरणको व्यवस्था गर्न नसक्ने हो भने तुलसीपुरको भविष्य चुनौतीपूर्ण रहेको भन्दै त्यसतर्फ सोंच्नसमेत आग्रह गरे । निजी क्षेत्रको भरमा सहरीक्षेत्रको विकास हुन नसक्ने बताउँदै उनले यसमा उपमहानगरले विशेष ध्यान दिनुपर्ने बताए । उनले बजार क्षेत्र तथा गाउँ बस्तीमा समेत आवासीय क्षेत्र निर्धारण गरेर मात्र भवन निर्माण गर्ने नीति तथा अवधारणा ल्याउनुपर्ने औँल्याए । उपमहानगरको मौलिकता र पहिचान दर्शाउन मद्दत गर्ने अवधारणालाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बजार रूपान्तरणले महत्वपूर्ण भूमिका निभाउने भन्दै गाउँको बजार आवश्यकतालाई बजारले पूरा गर्नु र बजारको आवश्यकतालाई गाउँले पूरा गर्ने वातावरण तय हुनुपर्ने बताए ।
कार्यक्रममा उनले तुलसीपुर क्षेत्रभित्र रहेका चुरे र महाभारतलाई मध्यनगर गर्दै पर्यटकीय, कृषिको उपज क्षेत्र, औद्योगीक क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । जसका लागि उपमहानगरपालिका पारिवारिक र निर्वाहमुखी प्रणालीको अन्त्य गरी आधुनिकजन्य क्षेत्रमा बस्ती प्रणालीको विकास गर्नुपर्ने उनले बताए । स्थानीय जनताको रूचिलाई मध्यनजर गर्दै दाङमा ३० वटा विद्युतीय बसहरू भित्र्याउन लागिएको जानकारी दिए । स्थानीय तहको सहभागिता भएमा प्रदेश र केन्द्र सरकारले यसलाई दोब्बर गर्दै ६० वटासम्म विस्तार गर्दै लैजान तयार भएको बताए । जिल्ला बाहिरबाट आयातित हुने खाद्यवस्तुलाई जिल्लामै उत्पादन गर्न सक्ने वातावरण र प्रविधिको विकास हुने हो भने कृषिमा समेत राम्रो सम्भावना रहेको उनले बताए । तुलसीपुर बजारलाई व्यवस्थित गराउनका लागि सर्वप्रथम बजारको स्वरूपलाई सुन्दर बनाउनु पर्नेसमेत उनले बताए । अस्तव्यस्त सहरीकरणको कारण तुलसीपुर क्षेत्र कुरूप हुँदै गएको बताउँदै उनले बजार व्यवस्थापनमा सर्वप्रथम स्थानीयतह गम्भीर हुनुपर्ने बताए । कार्यक्रमका प्रदेश नम्बर ५ का योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले प्रदेशको आर्थिक विकास र समृद्धिको बारेमा नीति तथा नियम र रणनीति निर्माण गर्दै लैजानुपर्ने बताए । स्थानीयस्तरमा सम्पत्तिको सिर्जना र दीगोपनालाई आत्मसात् गर्दै आफ्नो ठाउँ आफै बनाउनतर्फ लाग्नुपर्ने बताए । स्थानीय तहको सवल र दुर्वल पक्षलाई विश्लेषण गर्दै सरोकारवालाहरूसँग छलफल र समन्वय गरी उपमहानगरलाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताए । भू–उपयोग सम्बन्ध, उर्जाको सहजता, सञ्चार तथा ईन्टरनेटको विकास गर्न सकेमात्र स्मार्ट सिटीको परिकल्पना गर्न सकिने उनले बताए । बाबुराम रानाभाटले प्रदेश र स्थानीयस्तरका विकासका लागि योजना तथा नीतिहरूलाई दीर्घकालिन समयसम्म टिकाउनु हुने किसिमले निर्माण गर्नुपर्ने बताए । आम नागरिकको माग र आवश्यकता अनुसार प्रविधिको निर्माण र विस्तार गर्नुपर्ने उनले बताए ।

बजार रूपान्तरणले महत्वपूर्ण भूमिका निभाउने भन्दै गाउँको बजार आवश्यकतालाई बजारले पूरा गर्नु र बजारको आवश्यकतालाई गाउँले पूरा गर्ने वातावरण तय हुनुपर्ने मुख्यमन्त्री पोख्रेलले बताए ।

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले स्थानीय तहको आर्थिक र सामाजिक विकासका लागि नयाँ अवधारणा अनुसार कार्यक्रमहरू विस्तार गरिने बताए । कार्यक्रम बोल्ने वक्ताहरूले उपमहानगर फरक तरिकाले दिगो विकासतर्फ जान आवश्यक भएको बताएका थिए । योजनावद्ध तरिकाले विकासका कार्य हुन नसक्दा नकारात्मक परिणाम आउने भएकाले योजनावद्ध तरिकाले स्मार्ट सिटीको रूपमा स्थापित गर्न सक्नुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरको आर्थिक र सामाजिक विकासका लागि नयाँ अवधारणा अनुसार आगामी वर्षमा विकासे योजनाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।

शिक्षास्तर सुधार्नुस्

यसैबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सामुदायिक विद्यालयको शिक्षा सधार्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालयले शिक्षास्तर सुधार गरेमा आम समुदायको पहुँचमा शिक्षा पुग्ने बताए । सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षाकोस्तर सुधार गर्नुस्’ माध्यमिक विद्यालय रझेना दाङको ६१आँै वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पोख्रेलले भने ‘अभिभावकले पनि महिनामा एकदिन विद्यालयलाई समय दिनुस् ।’
सन्तानले राम्रो शिक्षा पाएमा मात्रै भविष्य उज्ज्वल हुनेछ । ‘सन्तानले राम्रो शिक्षा पाएका छन् भने कहिले खेर जाँदैन्’ उनले भने ‘कति लगानीहरू खेर गएको बेला बेलामा समाचार आउँछन्, त्यो शिक्षाको कमजोरी भएको कारण हो ।’ त्यसकारण पनि अभिभावक र शिक्षकहरूले सामुदायिक विद्यालयको शैक्षिकस्तर बृद्धि गर्नुपर्ने समय आएका बताएका थिए । माध्यमिक विद्यालय रझेनाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा वार्षिकोत्सव भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्याालयका प्रधानाध्यपक उद्धव न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण लालमणि आचार्य र विमला भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here