Monday, April 15, 2024
Homeफिचरगर्मीले विद्यार्थी प्रभावितः नेविसंघ

गर्मीले विद्यार्थी प्रभावितः नेविसंघ

- Advertisement -spot_img

तुलसीपुर, १४ जेठ ।
केही दिन यता दाङमा अत्यधिक बढेको गर्मीले सबैभन्दा बढी विद्यालयमा अध्ययन गर्ने साना–साना बालबालिका निकै समस्या परेको पाइएको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु गर्मीको कारण आफूहरुको पढाइसमेत प्रभावित भएको बताएका छन् ।
विद्यार्थी मात्र होइन शिक्षकहरुले समेत जिल्लामा एक्कासी बढेको गर्मीले अध्यापन गराउन समस्या भएको बताएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ दाङले केही दिनको लागि विद्यालय बन्द गरी सहयोग गरिदिन मागसमेत गरेको छ । दिनप्रतिदिन बढ्दै गईरहेको गर्मीका कारण निजी तथा सामुदायीक विद्यालयका विद्यार्थीहरु बेहोस हुन थालेपछि नेपाल विद्यार्थी संघले शिक्षा प्रमुख समक्ष यस्तो माग गरेको हो ।
जिल्लामा रहेका निजी तथा सामुदायीक विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालयमा रहेको जस्तापाताको छानामुनी बसेर बाध्यात्मक अवस्थामा अध्ययन गरिरहेको भन्दै स–साना बालबालिकाहरु गर्मीले निकै समस्यामा परेको नेपाल विद्यार्थी संघले बताएको छ ।
जस्तापाताको छानामुनि विना पङ्खा अध्ययन गर्ने विद्यार्थीहरु र अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाईसमेत समस्या देखिएकोले केही समयका लागि विद्यालय बन्द गर्न नेविसंघले सम्बन्धित सरोकार निकायहरुलाई आग्रह गरेको छ । गर्मीमा कष्टपूर्ण अवस्थामा स–साना बालबालिकाहरुले अध्ययन गरिरहेको, उनीहरुलाई खानेपानीको समेत राम्रो व्यवस्था नभएको र जसले गर्दा विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन थालेको आफूहरुले विद्यालय अनुगमनका क्रममा पाएको नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ४ का सभापति एकराज खड्काले जानकारी दिए ।
आफ्ना सन्तानहरुले गर्मीमा कष्टकर अवस्थामा पढिरहेको गुनासो अभिभावकले गरेपछि आफूहरुले विभिन्न विद्यालयमा अवलोकन गरेपछि गर्मीको कारण विभिन्न समस्या आउनसक्ने पाएको उनले बताए । कतिपय शिक्षकहरुले विद्यालय बिदा गरेमा तलब कट्टी हुने डरले पनि अत्याधिक गर्मीमा विद्यालय बन्द गर्न नमानिरहेको पाइएकोे उनले बताए ।
गर्मीका कारण विद्यार्थीहरु बेहोस हुने अवस्था आएकाले यसप्रति सबै सरोकारवालाहरुको तत्काल ध्यानाकर्षण हुन आवश्यक रहेको उनले बताए । विद्यार्थीहरुलाई राहतस्वरुप केही दिन विद्यालय बन्द गरिदिन आफूहरुले सबै विद्यालयहरुलाई अनुरोध गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here