Thursday, April 18, 2024
Homeमुख्य खबरगढवा सहकारी सञ्जालले सहकारी दिवस मनाउने

गढवा सहकारी सञ्जालले सहकारी दिवस मनाउने

- Advertisement -spot_img

गढवा, १८ चैत । गाउँपालिकास्तरीय सहकारी सञ्जालले यही चैत्र २० गते ६२औं सहकारी दिवस मनाउने भएको छ । सहकारी सञ्जालका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकले चैत २० गते दिगो विकास लक्ष्य प्राप्ति लागि सहकारी भन्ने मुल नाराका साथ गढवा गाउँपालिकास्थित सबै सहकारीलाई समेटेर कार्यक्रम गर्ने जनाएको छ ।
सहकारी दिवस कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति बनाइ जिम्मेवारी बाँडफाँड गरिएको गाउँपालिका स्तरीय सहकारी सञ्जालका सचिव बेगम गहतराजले जनाएका छन् ।
जस अनुसार उमाकान्त पन्तको संयोजगत्वमा रामप्रसाद गैरे र दुखहरण यादव सदस्य रहेको ¥याली मूल्यांकन उपसमिति, हुमाकान्त सुवेदीको संयोजकत्वमा तीन सदस्यीय मञ्च व्यवस्थापन उपसमिति, शकुन्तला डिसीको संयोजगत्वमा तीन सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरेको कोषाध्यक्ष अशोक केसीले बताए ।
त्यसैगरी बैठकले सहकारी सञ्जालका लागि १७ जना कलस्टर प्रशिक्षक नियुक्ति गर्नुका साथै सल्लाहकार चयन पनि गरेको छ । जसमा कानुनी सल्लाहकारमा उमाकान्त पन्त, प्रेस सल्लाहकार दुखहरण यादव, महिला सल्लाहकारमा शकुन्तला डिसी र चंचला चौधरी र सल्लाहकार संयोजकमा रामप्रसाद गैरेलाई चयन गरिएको छ ।
त्यसैगरी विषयगत संयोजकमा बचत तथा ऋणमा सीता चौधरी, कृषिमा रामप्रकाश यादव र दूग्ध तथा पशुपंक्षीमा हुमाकान्त सुवेदीलाई जिम्मेवारी दिएको छ । बैठकले सहकारीहरुका लागि लेखापाल तालिम सञ्चालन गर्ने गाउँपालिकालाई सम्मान गर्ने तथा गढवा गाउँपालिकामा भर्खर सरुवा भइआएका नोखीराम वलीलाई स्वागत गर्ने निर्णय गरेको छ ।
गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जालले गत बर्ष पनि गाउँपालिका भरिका सहकारीहरुको समन्वयमा गढ्वामा सहकारी दिवस मनाएको थियो । बैठकमा बोल्दै सहकारी सञ्जाल गढवाका अध्यक्ष अशोक यादवले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराको मर्मलाई सम्पूर्ण सहकारी अभियन्ता र सहकारीकार्मीहरुले आत्मसात् गरेर नाराको सार्थकता प्राप्तीको लागि जिम्मेवार हुनुपर्ने बताए ।
नेपालको संविधानले आर्थिक विकासको लागि तीन खम्बे अर्थनीति अबलम्वन गरेको बेला अब सहकारीमार्फत आर्थिक विकास मात्र नभई दिगो आर्थिक विकास र दिगो विकास लक्ष्यले निर्दिष्ट गरे बमोजिमको विकासमा जानका लागि सहकारीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर अधिकांश लक्ष्य प्राप्तिका लागि सहकारीसँग साझेदारी गरेर जानु आवश्यक रहेको बैठकमा बताईएको छ ।
सहकारीको विकास र प्रवद्र्धनका लागि गाउँपालिकास्तरीय सहकारी सञ्जालको आवश्यकता महसुस गरी सहकारी सञ्जाल गठन गरेको बताउँदै सल्लाहकार संयोजक रामप्रसाद गैरेले आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न सहकारीलाई अझ व्यापक र विस्तारित गर्न सक्ने वातावरण गाउँपालिकाले बनाउनुपर्ने बताए । बैठकको सहजीकरण सञ्जालका सचिव बेगम बहादुर गहतराजले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here