Tuesday, March 26, 2024
Homeमुख्य खबरगढवामा संसदीय दल

गढवामा संसदीय दल

- Advertisement -spot_img

गढवा, २३ भदौ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) गढवाको आयोजना र जिल्ला कमिटी दाङको समन्वयमा सोमबार गढवा गाउँपालिकाका पार्टी इतरका जनप्रतिनिधीहरुको भेला भएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य, दाङका सहइन्चार्ज तथा प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्दै प्रमुुख अतिथि सांसद इन्द्रजित थारुले नियम कानूनहरुको कार्यान्वयन गर्दै पार्टीको अनुुशासनमा रही पालिकाको समग्र विकास र समृद्धिका लागि काम गर्न जनप्रतिनिधिहरुलाई आह्वान गरे ।
स्थानीय सरकारले गाउँसभाबाट पास गरी ल्याएको बजेट कार्यान्वयनमा चनाखो बन्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने भन्दै नेता थारुले स्थानीय सरकारको जनहितमा प्रयोग हुने राजस्व कोषमा बृद्धि गर्न जनप्रतिनिधिहरुलाई हरदम ध्यान दिन निर्देशन दिए ।
गाउँपालिकाका २५ जना जनप्रतिनिधिहरुको भेलाले जिल्लामै पहिलो पटक देउखुरीको गढवा गाउँपालिकामा अध्यक्ष सहजराम यादवको अधयक्षतामा स्थानीय तहको संसदिय दल गठन गरेको छ ।
जसको उपनेता गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, प्रमुख सचेतक वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरी र सचेतकमा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी रहेका छन् ।
यसैगरी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा १३ सदस्यीय स्थानीय तह बोर्ड गठन गरिएको पार्टीले जनाएको छ । जसको सदस्यहरुमा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, वडा अध्यक्षहरु बाबुराम अधिकारी, भक्तु चौधरी,
तुल्सीराम अधिकारी, प्रकाश भण्डारी, सद्दाम सिद्दिकी र कार्यपालिका सदस्यहरु देविलाल दुधराज, सुवबहादुर कुमाल, साबित्रा गहतराज, मनिषा चौधरी र हेमन्ती कुमारी कुमाल रहेका छन् ।
भेलाले प्रमुख सचेतक भक्तु चौधरीको संयोजकत्वमा स्थानीय तह सञ्चालनार्थ आवश्यक नीति नियमहरुको मस्यौदा उपसमिति गठन गरेको छ । जसमा बाबुुराम अधिकारी, सद्दाम सिद्दिकी, शोभा रावत र हेमन्ती कुमाल रहेका छन् ।
सोमबार गढवामा दिनभरजसो पार्टी र जनप्रतिनिधिहरुबीच भएको बृहत छलफलबाट समन्वय र सहकार्यका साथ विकास र समृद्धिका गतिविधिहरुलाई अगाडि बढाउन सुझाव आदानप्रदान भएको थियो ।
कार्यक्रममा नेकपा दाङका कार्यालय सदस्य सुरामणि बेल्वासे, सचिवालय सदस्यहरु मिना गुुरुङ, यमनारायण पोखे्रल विश्वास र वीरेन्द्र चौधरी जिल्ला सदस्यहरु सीता चौधरी, रामप्रसाद गैरे, कालिराम चौधरी, गाउँपालिका कार्यदलका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
नवगठित संसदीय दलको समितिलाई नेकपा दाङका कार्यदल सदस्य सुरामणि बेल्वासेले बधाई तथा शुभकामना दिएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य भक्तु चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here