Friday, April 19, 2024
Homeमुख्य खबरगढवाको चौथो गाउँसभा

गढवाको चौथो गाउँसभा

- Advertisement -spot_img

गढवा, १० माघ । गढवा गाउँपालिकाको चौथो गाउँसभा बुधबार भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको विशेष सहभागितामा गाउँसभा भएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले दाङ कृषिको लागि उर्वरभूमि रहेको र त्यसको संरक्षण आवश्यक भएको बताइन् । मान्छेमा क्यान्सर लागेको उपचार सम्भव हुने तर कृषियोग्य भूमिमा क्यान्सर लागे उपचार सम्भव नरहेको र प्लटिङ भन्ने भाइरसले कृषियोग्य जग्गामा क्यान्सर लगाउन थालेको बताइन् । अहिले कित्ता काट फुकुवा भएपनि यस क्षेत्रमा कित्ता काट तथा प्लटिङ नगर्न नगराउन गढ्वा गाउपालिकाबासीलाई अनुरोध गरिन् । गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारुले स्थानीय तथा प्रदेश सरकारले अहिलेको अवस्थामा संविधान उल्लेखित गरिएको कानुन नीति तथा बुँदाहरु सिक्दै कार्यान्वयन गर्दै र सुधार गर्दै सबै तह तथा सरकार आफ्नो स्थानबाट समृद्धितर्फ लम्किरहेको बताए ।
कार्यक्रममा वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले राणा शासन कालमा चर्चित रहेको कोइलाबास भन्सार कार्यालय पुनः सुचारु गर्न गाउँपालिकाले पहल गर्न माग गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, उमाकान्त खनाल, नेपाली काँग्रेसका कृष्णराज पाण्डेले यस गाउँपालिका भित्र खुलेका क्रसरजस्ता ठूला उद्योग चलाउँदा विद्युत कटौतीले सर्वसाधारण उपभोक्ता तथा साना उद्योगलाई समस्या पर्ने भएकोले गाउँपालिकाले गढवामा विद्युतको सवस्टेसन राख्न पहल गर्न आवश्यक रहेको बताए । गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here