Friday, March 29, 2024
Homeखेलकुदखेल पूर्वाधारमा लगानी

खेल पूर्वाधारमा लगानी

- Advertisement -spot_img

भर्खरै मात्र विश्वकप फुटबल रसियामा सम्पन्न भएको छ । विश्वकपमा नेपाली खेलप्रेमीहरुले प्रतियोगितास्थलमै पुगेर प्रत्यक्ष रुपमा होस् या घरमा टिभी हेरेर होस् एक महिनासम्म विभिन्न देश र खेलाडीको समर्थक भएरै खेलमा हेर्न होमिए । विश्वका विभिन्न देशहरुमा खेलकुदको महत्व र आवश्यकता बुझी सकेका छन् । त्यस्ता देशका खेलाडीहरुले आफूलाई मात्रै हैन विश्वसामु खेलमार्फत देशलाई समेत चिनाई रहेका छन् । नेपालमा भने खेललाई राज्यले महत्वका साथ ध्यान नदिएको तथा खेलाडीहरुलाई प्रोत्साहन नगरेको गुनासो बढी रहन्छ । यहाँ पनि पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी गर्न थालिएको छ । दाङमा २४ करोड २४ लाखको लगानीमा रंगशाला निर्माण थाल्नुले पनि खेलकुदमा लगानी बढ्दै छ भन्ने देखाएको हो ।
खेलाडीहरुको आफ्नै प्रयास, खेलप्रेमीहरुको पहल र लगानीमा निर्माण भएका र ज्यूँत्यूँ चलिरहेको खेलकुद संरचनालाई पछिल्लो समय स्थानीय तथा केन्द्रीय सरकारले प्राथमिकतामा राख्दा नयाँ र आवश्यक पूर्वाधारको विकास हुने क्रममा रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले स्पोर्टस् सिटी निर्माणका लागि खेललाई प्राथमिकता दिएको देखिएको छ । घोराहीले पनि केही संरचना र प्रतियोगिताहरु सञ्चालन गर्नुले स्थानीय सरकारले यसलाई महत्व दिएको पुष्टि हुन्छ भने केन्द्रीय सरकारले खेलकुदका ठूला संरचनाहरु निर्माणका रकम विनियोजन गरेर निर्माण थाल्नुले खेलको महत्व चिनाएको छ । केन्द्रीय बजेटले जिल्लाका तुलसीपुर र लमहीमा खेलकुदमा पूर्वाधारहरु निर्माण थालिनु राम्रो र सकारात्मक पक्ष हो । तुलसीपुरको बेलझुण्डीमा रंगशालाका लागि निर्माण सुरु गरिएको छ । तुलसीपुरमा मिनि रंगशाला निर्माणको पहल भइरहेको छ । घोराहीका प्रदेशस्तरीय खेल मैदानको पूर्वाधार तयार हुँदैछ भने लमहीले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको चरणमा रहेको छ । जिल्लाका विभिन्न स्थानमा खेल पूर्वाधारमा भइरहेको लगानी र योजनाले खेलप्रेमी तथा खेलाडीहरुलाई जिल्ला खेल पूर्वाधारमा सम्पनता हुनेमा विश्वास समेत बढाउँदै गएको छ । बेलभुण्डीमा बुधबार मात्रै शिलान्यास भएको रंगशालाले त झनै उत्साह थपिदिएको छ ।
राज्यले अहिले खेलकुदमा जसरी केही भएपनि चासो देखाएको छ । त्यसलाई निरन्तरता दिएर आवश्यकता अनुसारका पूर्वाधार निर्माण र खेलकुदप्रतिको वातावरण तयार पार्नुपर्छ । नेपालमा अहिलेसम्म खेलमा भएका उपलब्धिहरु खेलाडीहरुकै प्रयासले भएको देखिन्छ । अब राज्यले यसलाई विशेष प्राथमिकतामा राखेर खेललाई पनि महत्व दिनुपर्छ । खेलका लागि बन्दै गएका पूर्वाधारहरुलाई पनि दीर्घकालिन बनाउन र तोकेको समयमा सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्छ । खेलकुदलाई प्राथमिकता भाषणमा हैन । कार्यान्वयनबाटै सफल र आधुनिक बनाउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here