Wednesday, March 27, 2024
Homeमुख्य खबरकोलेनिकामा साढे दुई अर्ब राजस्व संकलन

कोलेनिकामा साढे दुई अर्ब राजस्व संकलन

- Advertisement -spot_img

घोराही, १२ साउन । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङमा आर्थिक वर्ष ०७५/७६ मा साढे दुई अर्ब राजस्व संकलन भएको छ । एक वर्षको अवधिमा संघ र प्रदेश अन्तर्गतका विभिन्न शीर्षकमार्फत प्राप्त झण्डै साढे २ अर्ब बराबरको राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जानकारी दिएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा कोष तथा लेखा नियन्त्रण कार्यालयले संघ र प्रदेशका विभिन्न शीर्षकहरु मार्फत २ अर्ब ४७ करोड ५८ लाख ९८ हजार ७ सय ६५ रुपैयाँ १८ पैसा राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७५/७६ केन्द्र सरकार अन्तर्गत रहेका ५८ वटा शीर्षकमार्फत २ अर्ब ७ करोड १७ लाख ११ हजार ३ सय २१ रुपैयाँ ६८ पैसा राजस्व संकलन गरको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख सशिन्द्र खाँतीले जानकारी दिए ।
उनका अनुसार संघमार्फत प्राप्त भएको कुल राजस्वको ३९ प्रतिशत राजस्व व्यक्तिगत आयकरबाट जम्मा भएको छ । सामाजिक सुरक्षा कर, चालक अनुमतिपत्र भ्याट कर, मदिरा कर र बेरुजु गरी जम्मा ८० करोड ४५ लाख १९ हजार ८ सय ८५ रुपैयाँ राजस्व संकलन भएको ।
१ अर्ब २६ करोड ६८ लाख ९१ हजार ४ सय ३६ रुपैयाँ अर्थात् केन्द्र सरकारको कुल राजस्वको ६१ प्रतिशत राजस्व अन्य शीर्षकहरुमा संकलन भएको छ ।
जस अनुसार व्यक्तिगत आयकरमा ३९ करोड ८३ लाख ४७ हजार १ सय ४८ रुपैयाँ ७४ पैसा राजस्व संकलन भएको छ । यस्तै ७ करोड ४८ लाख रुपैयाँ सामाजिक सुरक्षा करअन्तर्गत संकलन भएको कार्यालयको तथ्याङ्क छ ।
चालक अनुमति कर शीर्षकमा २ करोड १३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २८ करोड ८२ लाख ७७ हजार ८ सय ५० रुपैयाँ भ्याट करमार्फत संकलन भएको छ । ५८ लाख ३५ हजार ८ सय ५९ रुपैयाँ राजस्व मदिरा शीर्षकमा संकलन भएको छ भने बेरुजु असुलमार्फत १ करोड ५९ लाख ५९ हजार २८ रुपैयाँ संकलन भएको छ ।
यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख खातीका अनुसार प्रदेश सरकार अन्तर्गत रहेका विभिन्न १४ वटा शीर्षकमा ४० करोड ४१ लाख ५७ हजार ४ सय ७० रुपैयाँ ५० पैसा संकलन भएको छ ।
जस अनुसार सबैभन्दा धेरै ६७ प्रतिशत राजस्व सवारी साधन कर र यातायात शीर्षकमा संकलन भएको खातीले बताए । ३२ प्रतिशत राजस्व प्रशासनिक, सेवा तथा बिक्री वितरण, कम्पनी दर्ता, परीक्षा सेवा शुल्क लगायतका विभिन्न शीर्षकमा संकलन भएको छ ।
प्रदेश सरकारअन्तर्गत सवारी साधन कर २४ करोड १३ लाख ५८ हजार ५ सय ५२ रुपैयाँ संकलन भएको छ । यस्तै यातायातको क्षेत्रमा २ करोड ८४ लाख ३९ हजार ८ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ भने बाँकी १३ करोड ४३ लाख ५९ हजार ९३ रुपैयाँ ५० पैसा अन्य शीर्षकमा संकलन भएको छ । प्रदेश अन्तर्गतका कार्यालयको बेरुजु २९ हजार नौ सय ७३ असुली भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here