Monday, March 25, 2024
Homeप्रदेशकोरोनाबाट विश्वमा ९६ नेपालीको मृत्यु

कोरोनाबाट विश्वमा ९६ नेपालीको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ जेठ ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या ९६ पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स्टमा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।

मृत्यु हुनेमा ७७ जना पुरूष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ । यस्तै, नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here