तुलसीपुर, ४ फागुन । तुलसीपुरका कैदी परिवारलाई बाख्रा सहयोग गरिएको छ । बिहीवार पीडित सेवा संघ दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं १० निवासी कृष्णा चौधरीलाई उच्च जातका बाख्रा सहयोेग गरेको हो ।
विगत केही समयदेखि कैदी जीवन विताईरहेका पतिराम चौधरीको परिवारलाई वोयर र दोलरे जातका बाख्रा सहयोग गरिएको संघका जिल्ला संयोजक टोपबहादुर महताराले बताए । आर्थिक रूपमा विपन्न रहेका चौधरीको परिवारलाई बाख्रा प्रदान गरिएको उनले बताए । सहयोगका रूपमा प्राप्त भएका बाख्राकै माध्यमबाट स्वरोजगार बन्ने प्रेरणा मिलेको कृष्णाले बताइन् ।