Friday, April 19, 2024
Homeमुख्य खबरकैदीबन्दीबीच झडप

कैदीबन्दीबीच झडप

- Advertisement -spot_img

घोराही, २१ बैशाख । दाङको घोराही कारागारमा कैदीबन्दीहरु बीच झडप भएको छ । कारागारभित्र भएको झडपमा परेर पाँचजना कैदीबन्दी घाइते भएका छन् ।
शुक्रबार बिहान साढे २ बजे दुई समूहबीच भएको झडपमा पाँचजना कैदीबन्दी घाइते भएको घोराही कारागार कार्यालयले जनाएको छ । कारागारका जेलर विष्णु पाण्डेले कैन्दीबन्दीबीच झडप भएको र पाँचजना घाइते भएको बताए । उनले कैदीबन्दी बीचको मनमुटाव हुँदा विवाद भएको र कुटाकुटसम्मको अवस्था सिर्जना भएको बताए ।
उनले झडप हुनुको खास कारण खुल्न नसकेको बताए । घाइतेहरुको उपचारपछि उनीहरुलाई कारागारमै ल्याइएको र अवस्था सामान्य रहेको जेलर पाण्डेले बताए ।
राति एकाएक कारागारमा झडप भएको हल्ला भएपछि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर रोकेको पाण्डेले बताए । घटनाको बारेमा जिल्ला प्रशासन कार्यालय दाङले कार्यालयका शाखा अधिकृतको संयोजकत्वमा छानबीन समिति गठन गरेको छ ।
तीन दिनभित्र प्रतिवेदन बुझाउने म्याडेट पाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नाइकेहरुको विवादका करण कारागारमा झडप भएको बताए ।
कारागारमा खास गरेर आर्थिक वर्ष सकिदै गर्दा अर्काे वर्षका लागि नाइके, चौकीदार नियुक्त गर्ने ब्यवस्था हुन्छ त्यहि अनुसार आफू अनुकूल नाइके र चौकीदार नियुक्तिको विषयलाई लिएर भएको गुटबन्दीकै कारण कारागारभित्र झडप भएको कारागार स्रोतले बताएको छ । आफू अनुकुल नेतृत्व चुन्न बैशाखदेखि असारसम्म लभिङ हुने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here