Saturday, April 20, 2024
Homeफिचरकृषि क्रान्तिले मात्रै समृद्धिः चौधरी

कृषि क्रान्तिले मात्रै समृद्धिः चौधरी

- Advertisement -spot_img

तुलसीपुर, २२ भदौ । प्रदेश नम्बर ५ सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले कृष् िाक्रान्ति र किसानको स्तरवृद्धि भएमात्रै देश समृद्धितर्फ जाने बताएका छन् । उनले साच्चिकै देशलाई समृद्धिमा लैजाने हो भने पहिले कृषिमा आमूल परिवर्तन ल्याउनुपर्ने बताए । समृद्धिका लागि हामीले ठूलो सपना देख्नु पर्दैन, उनले भने पहिले कृषिलाई परिवर्तन गरौ किसानका आवश्यकता पूरा गराँै, किसानलाई आत्मनिर्भर बनाउन यति गरे कृषिमा क्रान्ति हुन्छ, किसानबाट समृद्धिको ढोका खुल्छ । दंगीशरण गाउँपालिका वडा नम्बर ३ रावतगाउँको चार मौजालाई सिंचाई हुने निर्माण सम्पन्न भएको रावतगाउँ प्रगन्ना सिंचाई कुलोको बिहीबार उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन । उनले यो कुलो निर्माणको लागि आफूले धेरै मेहनत गर्नुपरेको भन्दै किसानको खुशीमा लागि आफू सधै तत्पर भएको बताए । सभापति चौधरीले कुलो निर्माणले मात्रै खेती र किसानमा परिवर्तन आउन नसक्ने भन्दै, यसको सही उपयोग र ब्यवस्थापन गर्नुपर्ने बताए । चौधरीले विकासमा दलगत स्वार्थभन्दा पनि सहकार्यको सोंचको विकास गर्नुपर्ने बताए । विकासमा सबैको हातेमालो र सहकार्य हुनुपर्छ प्रदेश सभासदसमेत रहेका चौधरीले भने सामाजिक कार्य र विकासमा राजनीति नगरौँ ।

पहिले कृषिलाई परिवर्तन गरौँ, किसानका आवश्यकता पूरागरौँ, किसानलाई आत्मनिर्भर बनाउन यति गरे कृषिमा क्रान्ति हुन्छ, किसानबाट समृद्धिको ढोका खुल्छ । कुलोबाट चार सय ६१ हेक्टर जमिन सिञ्चित हुनेछ । असारमै सम्पन्न भएको निर्माण अवधि भन्दा १४ महिना पहिले नै पूरा भएको बताए ।


उनले जनताका आवश्यक सूचकहरु सहज रुपमा पाउनुपर्ने भन्दै राज्यले पनि त्यो ब्यवस्थाका लागि प्रयास गरिरहेको बताए । उनले विकासमा आफू पनि सँगसँगै रहेको भन्दै राजनीतिककर्मीहरु जनताको सेवक भएर काम गर्नसक्नु पर्ने बताए । उनले नागरिकको सुझाव र सल्लाह अनुसार नै विकासको काममा लाग्ने बताए । कार्यक्रममा प्रदेश सांसद् धमकली चौधरीले कुलोले धेरै किसानहरुको मुहरमा खुसी ल्याएको बताइन् । उनले पानीकै समस्याले धेरै किसानहरुले रामोसँग खेती गर्ने अवस्था नरहेकोमा अब सहज हुने बताइन् । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले किसानको आवश्यकता पूरा भएको भन्दै गाउँपालिको पनि यसमा पहल कदमी लिने बताए । योजनाको बारेमा जानकारी दिदै सिंचाई डिभिजन कार्यालय दाङका प्रमुख केदार श्रेष्ठले दुई वर्षमा पूरा गर्नुपर्ने काम नौ महिनामै सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिएको बताए । दश करोड ५४ लाख रुपैयाँको योजना ६ करोड ५१ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए । श्रेष्ठले ४५ सय मिटर नहर पक्की भएको, पक्की मुहानलगायतका कामहरु भएको बताए । कुलोबाट चार सय ६१ हेक्टर जमिन सिञ्चित हुनेछ । असारमै सम्पन्न भएको निर्माण अवधि भन्दा १४ महिना पहिले नै पूरा भएको बताए । नहर कुलो पक्की भएपछि यहाँका किसानहरु बर्षाैदेखिको समस्याको समाधान भएको भन्दै खुशी भएका छन् । उद्घाटन कार्यक्रममा मुहानमै पुगेका सयौँ स्थानीय किसानहरुले सिंचाईको समस्या पूरा भएको बताएका हुन् । कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर चौधरी, भरत अधिकारी, देवेन्द्र चौधरी, यमनारायण चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन टिकाराम भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here