Thursday, April 18, 2024
Homeमुख्य खबरकृषि अनुदानको विषयमा छलफल

कृषि अनुदानको विषयमा छलफल

- Advertisement -spot_img

घोराही, २३ फागुन। कृषि अनुदानका कार्यक्रमहरू वास्तविक कृषकहरूसम्म नपुगेको बताएका छन्। पहुँच र कृषिका कर्मचारीहरूसँग मिलोमतो भएका गैर कृषकहरूले अनुदान पाउने गरेको बताएका थिए।
ईन्सेक दाङको आयोजनामा भएको स्थानीय सरकारबाट उपलब्ध हुने कषि अनुदानसम्बन्धी छलफल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्।
छलफलमा बाख्रापालक कृषक कुशल घिमिरेले कृषि अनुदानभन्दा किसानहरूलाई बीउ पुँजी ब्याजको व्यवस्था गर्न सुझाव दिएका थिए। कृषि अनुदानको नाममा गैर कृषकहरूको मनोमानी भएको र यसको कडा निगरानी गर्नुपर्ने उनको भनाइ थियो।
माहुरीपालक कृषक पर्शराम नेपाली वास्तविक किसानहरूले कृषि अनुदान नपाउने तर पहुँचको भरमा ठूला किसानहरूले मात्र अनुदान पाउने बताए।
सरकारले कृषकहरूका लागि जग्गा उपलब्ध गराउनुपर्ने उत्पादित वस्तुहरू सरकारले नै जिम्मा लिनुपर्ने उनको भनाइ थियो। मानव अधिकार समूह दाङका अध्यक्ष लौटन चौधरीको अध्यक्ष्यतामा भएको छलफलमा कृषि ज्ञान केन्द्रका प्रसार प्रचार अधिकृत भरत पोख्रेलले कृषि अनुदान कार्यविधि अनुसार नै कृषकहरूलाई अनुदान दिने गरेको जानकारी गराए।
अबका कृषि अनुदान कार्यक्रमहरू स्थानीय तहका जनप्रतिनिधिको निगरानीमा अनुदान दिने योजना बनाएको उनले बताए। कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,
थारू माहुरीपालक कृषक पर्शराम नेपाली कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरीलगायतले बोलेका थिए। कार्यक्रमको सहजीकरण ईन्सेक दाङका विनोद केसीले गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here