Thursday, April 18, 2024
Homeसमाजकृषिको व्यवसायीकताबाट समृद्धि

कृषिको व्यवसायीकताबाट समृद्धि

- Advertisement -spot_img

घोराही, २ फागुन । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको समृद्धि व्यवसायीक कृषीबाटै हुने बताएका छन् । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा बोल्दै प्रदेससभा सदस्य डाँगीले व्यवसायीक कृषिबाटै समृद्धि ल्याउन सकिने बताए ।
कृषिलाई प्रवद्र्धन गर्नकै लागि प्रदेश सरकारले स्मार्ट कृषि गाउँ र करार खेतीको नयाँ योजना अघि सारेका उल्लेख गरे । ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद डाँगीले थोरै समयमा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले ध्यान दिएको बताए । अब सरकारले उत्पादनमा जोडिने युवाहरुलाई सीप सिकाउने योजना अघि सारेको भन्दै सबैलाई उत्पादनमा जोड्ने दाबी गरे । त्यसैगरी अर्का प्रदेससभा सदस्य सरस्वती गौतमले कृषिमा देखिएको निराशाको कारण सरकारले पहिचान गरेर आकर्षणको केन्द्र बनाउन लागेको जानकारी दिए ।
कृषि भूमीहरुमा भैरहेको खण्डीकरणलाई रोक्न सरकार सकृय रहेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषिदेखि युवाहरु टाढी रहेको भन्दै प्रभावकारी नीति र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए । सोंचमा रहेको यान्त्रीकिकरण, व्यवसायीकरण हुँदै बजारीकरणलाई मूर्तरुप दिन कृषकहरुलाई विषेश प्रोत्साहन दिने बताए । उत्पादनलाई बढाउन कृषकका सोंचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले चालु आर्थिक बर्षका लागि संघ र प्रदेश सरकारबाट दाङ र प्यूठानका लागि ९ करोड ४८ लाख ७९ हजार रुपैयाँ बजेट आएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here