Tuesday, April 16, 2024
Homeमुख्य खबरकृषकलाई मौरी र घार

कृषकलाई मौरी र घार

- Advertisement -spot_img

तुलसीपुर, १२ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेका कृषकलाई आधुनिक मौरीपालन तालिम प्रदान गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल अदिवासी जनजाति महासंघले वडाका २१ जना किसानलाई तालिम प्रदान गरिएको हो ।
कृषकलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न आधुनिक मौरीपालन तालिम प्रदान गरिएको आदिवासी जनजाति महासंघका सचिव गिरीराज ग्रङ्जाले जानकारी दिए ।
त्यसअवसरमा तालिममा सहभागी २१ जनालाई एक÷एक घार मौरी वितरण पनि गरिएको छ ।यसैबीच तालिमको शनिबार समापन गरिएको छ । ५ गतेदेखि शुरु भएको तालिमको शनिबार समापन गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ तुलसीपुर–१ का अध्यक्ष भिमबहादुर कुमालको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
तालिम समापनको अवसरमा वडा अध्यक्ष भण्डारीले प्रशिक्षार्थीलाई सिप व्यवहारमै कार्यान्वयन गर्न आग्रह गरे । उनले वडाले अहिले परिक्षणका लागि एक घार मौरी उपलब्ध गराएको बताउँदै किसानको माग अनुसार थप गर्न पनि सकिने बताए ।
समापन अवसरमा नेपाल जनजाती महासंघ तुलसीपुर नगर समितिका अध्यक्ष नरेशराज भण्डारी, सचिव गिरीराज ग्रङजा , प्रशिक्षक दामोदर बस्याल र प्रशिक्षार्थी राधा थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव पुरन आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here