Wednesday, March 27, 2024
Homeमुख्य खबरकृषकलाई बाख्रापालन तालिम

कृषकलाई बाख्रापालन तालिम

- Advertisement -spot_img

देउखुरी, २१ जेठ । ब्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुले आफ्नो व्यवसायमा सघाउन लमही नगरपालिकालाई आग्रह गरेका छन् । सोमबार लमहीमा सम्पन्न भएको एकदिने तालिममा सहभागी भएका कृषकले यस्तो कुरा बताएका हुन् ।
बोयर जातका बाख्रापालक कृषकहरुलाई आर्थिकरुपले सम्पन्न बनाउनका निम्ती एकदिने बोयर बाख्रापालन तालिमको आयोजना गरेको लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले बताएका छन् ।
कृषकहरुको जीवनस्तर र समृद्धिको लागि लमही नगरपालिकाले विभिन्न शीर्षकमा तालिम तथा गोष्ठीको अभियान चलाएको बताउँदै जीवनयापनको लागि सीप आवश्यक रहेको केसीले बताए ।
नगर प्रमुख केसीले सुखी नेपाली, समृद्ध नेपाल देशको नारालाई पछ्याउँदै, कृषकहरुले आफ्नो कामलाई गौरव गर्न सक्नुपर्ने बताएका छन् ।
यस्तै एकदिने बोयर जातको बाख्रापालन तालिममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरका प्रत्येक कृषकहरुको लागि विभिन्न तालिम सञ्चालन गरी व्यवसायतिर उन्मुख गराई कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने बताए ।
तालिममा लमही नगरपालिका वडा नम्बर ८ र ९ नम्बर वडामा बोयर जातका बाख्रापालन गर्दै आएका एक सयभन्दा बढी कृषकको सहभागी रहेको छ । कृषक अम्बर कवर ‘नवीन’ को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here