Friday, April 19, 2024
Homeमुख्य खबरकालाकाटेमा स्वास्थ्य शिविर

कालाकाटेमा स्वास्थ्य शिविर

- Advertisement -spot_img

गढवा, १० कात्तिक । शुक्रबार गढवामा आयोजना गरिएको गाउँपालिका स्तरीय महिला सञ्जालको कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद कोमल वलीले महिलाहरुको समस्याप्रति शसक्त ढंगले आफू अगाडि बढ्ने बताएकी छन् । आफूले आफ्नो निकायमा महिलाहरुको समस्याबारे डटेर कुरा राख्ने भन्दै पुरुषले जस्तै जिम्मेवारी बोध गरेर महिलाहरु निर्धक्कका साथ अगाडि आउन आह्वान गरिन् । नारी एक सौन्दर्य र साधनाका बस्तु मात्र नभएर संसारको सृष्टी थाम्ने जननी हुन् भन्दै नयाँ संविधानको अवधाराणाले स्थानीय तहमा ४७ प्रतिशत महिलाहरुको प्रतिनिधित्व गराउन सफल भएको उनले बताइन् ।
गढवा गाउँपालिकास्तरीय महिला सञ्जालको आयोजनामा सञ्जालका अध्यक्ष मधा न्यौपानेको अध्यक्षता र राष्ट्रिय सभाका सांसद कोमल वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, जनप्रतिनिधि कमला परियार, महिला अधिकारकर्मी तथा महिला नेतृ मिना गुरुङ, चेतनशील महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी र देउखुरी साहित्य मञ्चका उपाध्यक्ष राधा गौतमलगायतले बोलेका थिए । महिला सञ्जालका कोषाध्यक्ष बसन्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव मिना गुरुङले थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here