Tuesday, March 26, 2024
Homeसम्पादकीयकार्यान्वयनमा तदारुकता देऊ

कार्यान्वयनमा तदारुकता देऊ

- Advertisement -spot_img

तुलसीपुर उपमहानगरपालिकाले गरेका धेरै निर्णयहरु अधुरै रहेका छन् । नगर कार्यपालिकाले नगरको ब्यवस्थापन र ब्यवस्थित सहर निर्माणका लागि गरिएका निर्णयहरु कार्यान्वयनको चरणसम्म नपुग्दा आलोचना मै अल्झिने अवस्था आइरहेको छ । पूर्वाधार विना गरिने निर्णयले सफलता त ल्याउँदैन नै आलोचनाको भारी बोकाउँछ । स्मार्ट सिटीदेखि प्लाष्टिकका झोला मुक्तसम्मका निर्णयहरु अधूरै छन । निर्णय पछि कार्यान्वयन हुने आशा र विश्वास जनतामा बढे पनि कार्यान्वयनको चरणमा पुग्न नसक्दा निर्णयहरु बीचमै सिद्धिने अवस्था आइरहेको छ । पछिल्लो समयको निर्णय प्लाष्टिकका झोला प्रयोगमा रोक लगाई नगरलाई प्लाष्टिकका झोलामुक्त नगर बनाउने निर्णय पनि निर्णयमा मात्रै सीमित हुँदा नगरका निर्णयहरुलाई कार्यान्वयनको आवश्यकता देखिन्छ ।
गएको माघ १ गतेदेखि नगरलाई प्लाष्टिकका झोलामुक्त नगर बनाउने गरी मंसिर अन्तिममा नगर कार्यापालिकाले निर्णय गर्दा ठूलै चर्चा भएको थियो । त्यो निर्णय भएको दुई महिनासम्ममा पनि कार्यान्वयनले गति नलिदा अहिले आलोचना बढी हुनु स्वभाविक हो । निर्णय गर्ने, अभियानको घोषणा हुने तर कार्यान्वयन नहुने प्रवृतिका कारण नगरका राम्रा र प्रभावकारी निर्णय र अभियानहरु प्रायः सफल हुन सकेका छैनन् । त्यसले स्मार्ट सिटीको अवधारणा बोेकेको नगरलाई लक्ष्यसम्म पुग्न समस्या देखिन्छ । माघमै हुनुपर्ने कार्यान्वयन फागुन महिनाको अहिलेसम्म पनि हुन सकेको छैन । अभियान न त प्रभावकारी देखिएको छ । निर्णय गर्ने कार्यान्वयन नगर्न सक्ने अवस्थाभन्दा पनि जति काम गर्न सकिन्छ त्यति मात्रै निर्णय भएमा नगरका लागि उपयुक्त हुनेछ । निर्णयहरु कार्यान्वयनमा पनि नगरको तदारुकता देखाएको पाइदैन । यसरी निर्णयहरु असफल भएर जाने अवस्था रहेमा यस्ता गतिविधिले अन्य निर्णयलाई समेत प्रभावित तुल्याउन सक्छन् । प्लाष्टिक मुक्तको निर्णयलाई पूर्णता दिनका लागि आवश्यक प्रविधि, औजार उपकरणहरुका साथै नगरबासीलाई सचेतनाको आवश्यकता देखिन्छ । नगरले अहिलेसम्म यो व्यवस्था गर्न सकेको छैन । यसतर्फ पनि नगरले अब सोंच्न सक्नुपर्छ ।
कुनै पनि निर्णय गर्दा त्यसपछिको अवस्था र असरको बारेमा पनि ध्यान दिनुपर्छ तर तुलसीपुरका हरेक निर्णय तत्काललाई हेरेर मात्रै गरिएका जस्ता छन् । जुन कार्यान्वयनमा लैजान समस्या हुने गर्दछ । प्लाष्टिकै विकल्पमा अर्काे सिर्जना गर्न नसक्दा यो कार्यान्यनमा समस्या देखिएको हो । प्लाष्टिकको विकल्पमा अन्य झोला प्रयोगमा प्रोत्साहन गर्न सकेको भए र विकल्पहरु प्रसस्त बनाइदिएको भए यो निर्णयको कार्यान्वयनले तिव्रता पाउने पक्का छ । तर त्यसतर्फ नगरले नै चासो नगर्दा कार्यान्वयन जटिल बन्दै गएको हो । आफ्ना निर्णयहरुलाई सकारात्मक रुपमा कार्यन्वयन गर्न उपमहानगरले ध्यान दिनैपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here