Thursday, March 28, 2024
Homeफिचरकारागारमा विदेशी कैदीबन्दी

कारागारमा विदेशी कैदीबन्दी

- Advertisement -spot_img

दाङ, १९ मंसिर । नेपालमा आउने विदेशी नागरिकलाई पर्यटकका रूपमा लिने गरेका छौँ तर विदेशी नागरिक सबै पर्यटकमात्र पनि हुँदैनन् । कतिपय विदेशी नागरिक नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् । खुल्ला सिमानाकाका कारण विदेशी नागरिक नेपालका विभिन्न ठाउँमा विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेको तथ्यांकले देखाएको छ ।
अपराध बढ्दै गएको अवस्थामा विदेशी नागरिकले पनि नेपालमा अपराधिक गतिविधिमा संलग्न हुन थालेपछि झनै सुरक्षाको चुनौती बढेको छ । दाङका कारागारमा मात्रै अहिले १९ जना विदेशी नागरिकले जेल जीवन बिताइरहेका छन् । घोराही कारागारमा ८ जना विदेशी कैदीबन्दी रहेका छन् भने तुलसीपुरको कारगारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।
जबरजस्ती करण, चोरी, लागूऔषध कारोबार, अपहरण, हत्यालगायतका अपराधमा विदेशी नागरिक संलग्न हुने गरेको घोराही कारागारका जेलर शाखा अधिकृत फर्साराम भुसालले बताए । ‘घोराही कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबै भारतीय नागरिक हुन्’
उनले भने–‘खुल्ला सिमानाकाका कारण व्यापार व्यवसायका लागि नेपालमा आएका उनीहरू अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् ।’
तुलसीपुर र घोराही कारागारमा रहेका ७ सय ६२ कैदीबन्दीमध्ये १९ जना विदेशी नागरिक रहेका छन् । कारागारमा विदेशी कैदीबन्दी सबै पुरूष रहेका छन् ।
घोराहीको कारागारमा जबरजस्ती करणीका २ जना, कर्तव्य ज्यानका १ जना, चोरीका २ जना, अपहरण मुद्दामा १ जना, ठगीका १ जना, मानव बेचबिखन १ जना गरी ८ जना विदेशी कैदीबन्दी रहेका छन् । घोराही कारागारमा अधिकांश विदेशी नागरिक विभिन्न अपराधिक मुद्दामा पुर्पक्षका लागि जेलमा बसेको अधिकृत भुसालले बताए ।
कारागारमा कैद भुक्तान गरिरहेका विदेशी कैदीबन्दीमध्ये अधिकांश २५ देखि ३५ वर्षसम्मका रहेको उनको भनाइ छ । यसैगरी तुलसीपुरको कारागारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेको निमित्त जेलर जोखिम वलीले बताए । ‘तुलसीपुरको कारागार अहिले ४ सय ६६ जनाले कैद भुक्तान गरिरहेका छन्’ उनले भने– ‘ति मध्ये अहिले तुलसीपुरको कारागारमा ११ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् ।’
तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिक सबै पुरूष भएको निमित्त जेलर वलीले बताए । ‘कैद भुक्तान गरिरहेका विदेशी नागरिक सबै पुरूष हुन्, अहिलेसम्म महिला विदेशी नागरिक छैनन् ।’
तुलसीपुर कारागारमा विदेशी कैदीबन्दीमध्ये अधिकांश जिल्ला बाहिरबाट आएको उनले बताए । ‘जिल्लामै अपराध गरेर जेल जीवन बिताइरहेका विदेशी कैदीबन्दी १५ प्रतिशतमात्र रहेका छन्’ उनले भने–‘तुलसीपुर कारागारमा दाङमै अपराध गरेर आउनेभन्दा जिल्ला बाहिरबाट बढी आउने गरेका छन् ।’
तुलसीपुरको कारागारमा पनि जबरजस्ती करणी, लागूऔषध कारोबार, मानव बेचविखनलगायतका मुद्दामा विदेशी नागरिकले जेल जीवन बिताइरहेका छन् । जबरजस्ती करणीमा ३ जना, कतव्र्य ज्यान मुद्दामा ३ जना र लागूऔषध कारोबारका मुद्दामा विदेशी नागरिकले कैद भुक्तान गरिरहेको निमित्त जेलर वलीले बताए ।

समस्यै–समस्यामा कैदीबन्दी

अपराधिक गतिविधि बढ्दै जाँदा कारागारमा कैदीबन्दी थपिदै जाने तर भौतिक संरचना अभाव हुने गरेको छ । तुलसीपुर र घोराहीको कारागारमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुने गरेको छ ।
घोराही कारागारमा ६० देखि ७० जनासम्मको क्षमता भएपनि कारागारमा ४ गुणा कैदीबन्दी रहेको जेलर शाखा अधिकृत भुसालले बताए । ‘अपराध बढ्यो, कैदीबन्दी बढे तर भौतिक संरचना पुरानै छन्’ उनले भने– ‘क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खाने बस्नेदेखि शौचसम्मको समस्या हुने गरेको छ ।’
तुलसीपुरको कारगारमा पनि समस्या उस्तै रहेको छ । तुलसीपुरको कारागारमा पनि भौतिक संरचनादेखि कर्मचारीको अभाव रहेको निमित्त जेलर वलीले बताए । ‘कारागारमा अहिले कर्मचारीको अभाव पनि उस्तै छ’ उनले भने– ‘कारागार भनेपछि सबैको वेवास्ता देखिन्छ ।’
तुलसीपुरको कारागारमा कर्मचारी दरबन्दी ५० प्रतिशतमात्र रहेको उनले बताए । ‘कारागारमा ६ जनाको स्थायी दरबन्दी हो’ उनले भने– ‘अहिले तुलसीपुरको कारागारमा ३ जना मात्रै स्थायी कर्मचारी छौँ, यसले गर्दा पनि समस्या भएको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here