Thursday, March 28, 2024
Homeमुख्य खबरकागे जातको भेडापालन तालिम

कागे जातको भेडापालन तालिम

- Advertisement -spot_img

देउखुरी, १३ मंसिर । दुईदिने कागे जातको भेडापालनसम्बन्धी तालिम बुधबारदेखि लमही नगरपालिका वडा नम्बर २ को केरुनियामा शुरु भएको छ । कागे जातको भेडाको लागि अति उत्तम मानिने त्यस क्षेत्रलाई भेडापालनको लागि पकेट क्षेत्रको रुपमा लिएको वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरीले बताएका छन् ।
तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले परापूर्व कालदेखि बाबुबाजेले पाल्दै आएका र नेपालबाटै लोप हुन लागेका कागे जातका भेडालाई केरुनियाका किसानले संरक्षण र प्रवद्र्धन गर्नसके यो ब्यवसायबाट किसानको आर्थिक पक्ष बलियो हुने बताएका छन् । पशु सेवा कार्यालय लमहीको आयोजनामा दुई दिनसम्म चल्ने उक्त तालिमको प्रशिक्षकमा पशु सेवा कार्यालय लमहीका निमित्त प्रमुख शिवराज न्यौपाने रहेका छन् । राम जानकी भेडापालन समूहका अध्यक्ष भानुप्रसाद चौधरीको अध्यक्षता एवं लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो । १५ जना महिला पुरुष सहभागी भएको तालिमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here